राष्ट्रिय
-
२०७६ आश्विन १८, शनिबार
घर–घरमा भित्र्याइयो फूलपाती
आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रुपमा नौथरि फूल भित्र्याइयो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो,...
-
२०७६ आश्विन १७, शुक्रबार
स्वास्थ्य केन्द्रको ‘भवन भव्य, उपचार छैन’
एक दशक लगाएर निर्माण गरिएको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र अहिले पनि समस्यै समस्याग्रस्त बनिरहेको छ । १८ महीनामा निर्माण पूरा गर्नुपर्ने सम्झौताका साथ काम शुरु गरिएको उक्त तीनतले भवन १० वर्षमा भर्खरै मात्र पूरा भएको छ । केन्द्रमा खानेपानी, बिजुलीका साथै चिकित्सक र औषधिको व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन । केन्द्रमा औषधि र चिकित्सकको अभावमा गाउँलेले अझै...
-
२०७६ आश्विन १७, शुक्रबार
१३ स्थान पर्यटकीय गन्तव्य बन्दै
पाल्पाका ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सामाजिक–सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा पाल्पा सांस्कृतिक डबली, वनस्पति उद्यान, पर्यटकीय उद्यान, धार्मिक, सांस्कृतिक महत्व झल्कने गरी ऐतिहासिक तथा पर्यटकीय क्षेत्र प्रवद्र्धन तथा पूर्वाधार विकास निर्माणका कार्यक्रम ल्याएको छ । जिल्ला वन कार्यालय...
-
२०७६ आश्विन १७, शुक्रबार
दशैँको मुखमा बिजुली पुगेपछि गड्तीर क्षेत्र झिलिमिली
दशैँको मुखमा घरमा बिजुली बाल्न पाएपछि सिन्धुलीको गड्तीर क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ । खुर्कोट–घुर्मी खण्डको गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेँसी र दिङलादीप विद्युत् विस्तार भएसँगै त्यस भेगका गाउँले निकै हर्षित भएका हुन् । फिकल गाउँपालिका–२ को सुङनामबेँसी र नवलपुर क्षेत्रका गाउँबस्तीमा पनि केही दिनभित्रै घरघरमा बिजुली पु¥याउने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरण सिन्धुली शाखाका...
-
२०७६ आश्विन १७, शुक्रबार
गोदावरीमा कुण्ड र धर्मशाला बन्दै
प्रत्येक १२ वर्षमा सिंहास्त मेला अर्थात् कुम्भमेला लाग्ने साविकको गोदावरीमा अवस्थित गोदावरी कुण्ड र धर्मशाला निर्माणको काम धमाधम अघि बढेको छ । साढे दुई वर्षअघि नगरपालिका गठन भएपछि अघि बढाइएको सो योजनाअन्तर्गत कुण्ड र धर्मशाला निर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको बताइएको छ । सो कुण्ड फराकिलो पार्ने, वरपर मर्मत तथा सुधार गर्ने, पर्खाल लगाउने, सिँढी बनाउने र रेलिङ हाल्ने काम करीब समाप्त...
-
२०७६ आश्विन १७, शुक्रबार
आठ वर्षदेखि अलपत्र बसपार्क काउन्टर भवन
गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा निर्माणाधीन टिकट काउन्टर भवन अलपत्र परेको छ । विसं २०६८ बाट निर्माणकार्य शुरु भएको भवन सरकारी निकायले प्राथमिकता नदिँदा वर्षाँैदेखि अलपत्र परेको हो । भवन अलपत्र पर्दा बसपार्क पनि व्यवस्थित हुनसकेको छैन । वर्षाको समयमा हिलाम्य र हिउँदको समयमा धुलाम्य हुनु उदिनढुङ्गा बसपार्कको विशेषता बनेको छ । जसले गर्दा यातायात व्यवसायी तथा स्थानीयवासीले हैरानी...
-
२०७६ आश्विन १७, शुक्रबार
नेपाल–सीमामा घर फर्किनेको घुइँचो
भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज सीमानाकामा घुइँचो लाग्ने गरेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली नेपालगञ्ज नाका भएर अहिले दैनिक एक हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार, सीमावर्ती भारतीय बजार रुपैडिहाबाट बिहानैदेखि घर फर्किने नेपालीको लर्को...
-
२०७६ आश्विन १७, शुक्रबार
नयाँ नोटको अभाव
मागअनुसार प्राप्त नहँुदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो । बैंकको शाखा कार्यालय विदुरबाट सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने जनाए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी दिनुभयो । उहाँको अनुसार नुवाकोटका लागि नेपाल राष्ट्र बैंकसँग रु तीन करोड माग...
-
२०७६ आश्विन १७, शुक्रबार
बजार खोज्दै एकेडेमीका प्रकाशन
नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न भाषाभाषीसहित एक दर्जन साहित्यिक पत्रिकाको प्रकाशन गरे पनि उचित बजार पाउन सकेको छैन । प्रतिष्ठानले विगतदेखि प्रकाशन भइरहेको र केही नयाँसहित गद्यप्रधान त्रैमासिक ‘समकालीन’, विज्ञसमीक्षित अर्धवार्षिक जर्नल ‘प्रज्ञा’, अनुसन्धानमूलक अर्धवार्षिक अङ्ग्रेजी जर्नल ‘जर्नल अफ नेप्लिज स्टडिज’, कविताप्रधान त्रैमासिक ‘कविता’, समाचारप्रधान त्रैमासिकको नियमित प्रकाशन गरिरहेको छ...
-
२०७६ आश्विन १७, शुक्रबार
राष्ट्र शान्तिका लागि निराहार व्रत
भरतपुर महानगरपालिका–१० मा रहेको चितवन कालिका मन्दिरमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । जहाँ अहिले दुर्गा पूजा भइरहेको छ । सोही मन्दिरको छेउको भजनकीर्तन गर्ने कोठामा एक महिला दुवै हातमा र छातीमा जमारा राखेर भुइँमा सुतिरहनुभएको छ । मन्दिरको छेउमा एउटा कुनामा रातो कपडाले वारिएको छ । सो कपडाले वारेको स्थानमा झूल लगाइएको छ । झूलभित्र वडा नं ९ शरदपुरकी ४० वर्षीया विष्णु ढकाल दशैँको नवरात्रि शुरु भएदेखि...
-
२०७६ आश्विन १७, शुक्रबार
सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने ः उपसभापति गच्छदार
नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिनुभयो । उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नुपर्ने सुझाव...
-
२०७६ आश्विन १७, शुक्रबार
कैदीबन्दीको गुनासो स् राज्यले दिएको दशैँ खर्चले एक छाक पुग्दैन
सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दशैँ अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ । उनीहरुका लागि राज्यले दशैँ खर्च भनेर रु ३०० प्रतिव्यक्ति दिने गरेको छ । राज्यले दिने रु ३०० ले दशैँका लागि केही पनि नहुने कैदीबन्दीको गुनासो छ । विगत १४ वर्षदेखि गैँडा मुद्दामा कैद सजाय भोग्दै आएका राम विहारी चौधरीले सरकारले शुरुदेखि नै दिने गरेको दशैं खर्चले...


