राष्ट्रिय
-
२०७६ आश्विन २५, शनिबार
राष्ट्रपति भण्डारीको मन्तव्यको पूर्णविवरणः ‘नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन्’
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आज यहाँ आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले गर्नुभएको...
-
२०७६ आश्विन २४, शुक्रबार
चिनियाँ राष्ट्रपतिको भ्रमणको भव्य तयारी छ ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको बताउनुभएको छ । चौँसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल बनाउन सबैभन्दा पहिले त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको...
-
२०७६ आश्विन २४, शुक्रबार
साउदी विकास कोषद्वारा तीन अर्ब ३३ करोड ऋण
भूकम्पबाट प्रभावित क्षेत्रमा आवासीय भवन, शैक्षिक प्रतिष्ठान र स्वास्थ्य केन्द्रहरुको पुनः निर्माणका लागि साउदी विकास कोषले रु तीन अर्ब ३३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा साउदी विकास कोषका उपाध्यक्ष खालिद बिन सुलेमान अलखुदारी र अर्थसचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । त्यस...
-
२०७६ आश्विन २४, शुक्रबार
चिकित्सक र कलाकार सम्मानित
उनानचालिसौँ नेपाल भाषा साहित्य तःमुँज्या अर्थात् बृहत् साहित्य सम्मेलनका अवसरमा लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित चिकित्सक डा अशोकानन्द मिश्र र वरिष्ठ हास्यकलाकार धु्रवरत्न हाडा सम्मानित हुनुभएको छ । ‘जनता म्वाःसा भाषा म्वाइ’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नाराका साथ यहाँ सञ्चालन भइरहेको सो सम्मेलनमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उहाँहरूले पु¥याएको योगदानबारे...
-
२०७६ आश्विन २४, शुक्रबार
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि नेपाली जनता आतुर
नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसका नेताहरुले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई नेपाली जनता आतुरताका साथ पर्खिरहेको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँहरुले २३ वर्षपछि चिनियाँ नेताको उच्चस्तरीय राजकीय भ्रमणको स्वागतका लागि तत्पर रहेको बताउनुभयो । नेपाली काङ्ग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चिनियाँ नेता सी...
-
२०७६ आश्विन २४, शुक्रबार
एनआरएन महासचिवमा डा पौडेलको उम्मेद्वारी
अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ एनआरएन को निर्वाचनमा महासचिव पदमा डा केशव पौडेलले उम्मेद्वारी दिने हुनुभएको छ । यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन लागेको आइसिसी सम्मेलनमा तनहुँका पौडेलले महासचिव पदमा उम्मेद्वारी दिन लाग्नुभएको हो । निर्वाचनमा भाग लिन बिहीबार नेपाल आउनुभएका डा पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पदमा उम्मेद्वार दिने घोषणा...
-
२०७६ आश्विन २४, शुक्रबार
मासु पसल अनुगमन
नेपालगञ्ज बजारका आठ वटा मासु पसलको अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा चार वटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो । उक्त मासु पसललाई तीन दिनभित्र पसल दर्ताको प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको छ । यस्तै एउटा पसल नवीकरण नभएको पाइएकाले तीन दिनभित्र नवीकरण...
-
२०७६ आश्विन २४, शुक्रबार
जलस्रोत उपयोगिताले प्रदेश नं। १ मा समृद्धि आउने
‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को लक्ष्य हासिल गर्न प्रदेश नं। १ मा रहेका सबै स्रोत, साधन र प्रयासलाई एकीकृत र सुव्यवस्थितरुपमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको छ । प्रदेशको विकास र समृद्धिका लागि उपलब्ध प्रशस्त सम्भावनाहरुमध्ये जलस्रोत पनि एक हो । यसको दिगो उत्पादन र उपयोगिताले प्रदेश नं। १ ले लिएको लक्ष्य पूरा गर्न ठूलो सहयोग पु¥याउने देखिएको छ । चौध जिल्ला १३७ स्थानीय तह रहेको यस प्रदेशमा...
-
२०७६ आश्विन २४, शुक्रबार
पर्यटक भन्छन् ः ‘सडक बनाऊ तर पदमार्ग नमास’
नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएको छ । गत वर्ष सन् २०१८ मा कूल ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयको तथ्याङ्कअनुसार चालू...
-
२०७६ आश्विन २४, शुक्रबार
बढी भाडा लिने सवारी साधनबाट रकम फिर्ता
दशैँ मनाएर राजधानी काठमाडाँैतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि सप्तरीका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । इलाका प्रहरी कार्यालय कडरबोना र अस्थायी ट्राफिक प्रहरी पोष्ट कदमाहाको संयुक्त टोलीले पूर्वका विभिन्न स्थानबाट आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा नगरपालिका– ६ कडरबोनामा रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ । इलाका...
-
२०७६ आश्विन २४, शुक्रबार
सीताकुण्डमा आन्तरिक पर्यटकको चलहपहल बढ्दैे
पाल्पा रामपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सीताकुण्डमा दर्शन तथा अवलोकन गर्न आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ । रामपुर नगरपालिका– ३ र ४ का बीच भागमा रहेको सीताकुण्डमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्रबहादुर नेपालीले बताउनुभयो । “सडक सुधार भएपछि यहाँसम्म आउने आन्तरिक पर्यटक पछिल्लो समय बढ्दै गएका छन्, भगवान् राम र...
-
२०७६ आश्विन २४, शुक्रबार
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो
विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ । राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटकको आगमनमा बढोत्तरी हुने देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका...


