राष्ट्रिय
-
२०७६ आश्विन ७, मंगलबार
सशस्त्र प्रहरीले राजमार्गको सुरक्षा गर्ने
चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतकाअनुसार जिल्लाको जनघनत्व बढ्दै गएको र अहिले जिल्लामा रहेको प्रहरी दरबन्दीले नागरिकको सुरक्षामासमेत अपुग हुने भएकाले...
-
२०७६ आश्विन ६, सोमबार
बाहिरी चक्रपथको जिम्मेवारी चिनियाँ कम्पनीलाई
लगानी बोर्डको आजको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेश गरी सङ्क्षिप्त सूचीकरण ९सर्ट लिष्ट०मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो । बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ...
-
२०७६ आश्विन ६, सोमबार
चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी
मित्रराष्ट्र चीनका राष्ट्रपतिको भ्रमण नेपालको एउटा व्यग्र प्रतीक्षाको विषय हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले हुन्छ भन्ने चर्चा नेपाली सञ्चारमा छाएको पनि धेरै वर्ष भयो । सञ्चारमाध्यममा मात्र नभएर नेपालीमाझ पनि यो चासोले बढी नै चर्चा पाउने गरेको छ । निकै लामो प्रतीक्षापछि अब भने चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने निश्चितजस्तो भएको पछिल्ला बहस र चर्चाहरुले देखाएको छ । असोजको अन्तिम...
-
२०७६ आश्विन ६, सोमबार
बजार लिँदै बेमौसमी सुन्तला
सामान्यतया सुन्तलाको याम कात्तिक र मङ्सिरमा हुन्छ । बर्खायाम सकी नसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने अहिले सुन्तला टिप्न र बजार पठाउन व्यस्त हुनुहुन्छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरुप लगाएको बेमौसमी सुन्तलाले राम्रो फल दिएपछि उहाँको खुशीको सीमा र व्यस्तता दुवै बढ्दै गएकोे छ । आफ्नो बगानमा लगाएका एक सयभन्दा बढी सुन्तलाका बोटमा लटरम्म सुन्तला पाक्न थालेपछि कृषक खड्काले...
-
२०७६ आश्विन ६, सोमबार
जाजरकोटमा ‘टाइम कार्ड’ लागू
बढ्दो दुर्घटना न्यूनीकरणका लागि जिल्ला सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ । दशैँ, तिहार जस्ता ठूला पर्वमा जथाभावी यात्रु राखेर भारी गतिका साथ यातायातका साधन सञ्चालन हुने भएकाले यसलाई नियन्त्रण गर्न लागिएको प्रजिअ जनकराज पन्तले बताउनुभयो । नयाँ व्यवस्थाअनुसार सदरमुकामदेखि सुर्खेतको छिन्चु र सदरमुकामदेखि रिम्नासम्मको सडकमा टाइमकार्ड लागू गरिएको छ । रिम्ना–होलुखोला एक...
-
२०७६ आश्विन ६, सोमबार
मनसुन अझै एक साता लम्बिने
यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ । त्यसैले अझै एक साता मनसुनको समय लम्बिने भएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो...
-
२०७६ आश्विन ६, सोमबार
सुपथ पसलले उपभोक्तालाई राहत
चाडबाडलाई लक्षित गरी खुलेको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ । बजार भाउभन्दा सस्तोमा चिनी, नून किन्न पाउँदा उपभोक्ता खुशी छन् । ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङद्वारा सञ्चालित पसलमा दैनिक सयौँको लाम देखिन्छ । पसल शुरु भएको छ दिनमै तीन हजार ९४९ जना उपभोक्ताले सेवा लिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ कार्यालयले जनाएको छ । हालसम्म २३ हजार ३९४ किलो चिनी र ११ हजार ५१३ किलो नून बिक्री भएको छ ।...
-
२०७६ आश्विन ६, सोमबार
बजेट खर्च छानबिन गर्न समिति गठन
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । यही असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले डा भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो । आव।२०७५÷...
-
२०७६ आश्विन ६, सोमबार
मिनीसडक महोत्सव असोज १० मा
विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते ‘रेष्टुराँ एण्ड बार एशोसिएशन’ ९रेवान०ले मिनी सडक महोत्सवको आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष विश्वभरि २७ सेप्टेम्बरमा मनाइने सो दिवसको अवसरमा ‘पर्यटन र रोजगार सबैका लागि राम्रो भविष्य’ भन्ने मूल नारालाई आत्मसात् गर्दै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ यहाँ सो दिवस मनाउन लागिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले पर्यटन...
-
२०७६ आश्विन ६, सोमबार
सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अहिले सरकार सहि गतिमा अगाडि बढिरहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिले भक्तपुरमा आइतबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक दुई दिने प्रादेशिक गोष्ठीमा उहाँले अहिले निरासा बढाउने कोसिस गरिए पनि निरासा हुनुपर्ने अवस्था नभएको बताउनुभयो । नेपाली जनताले लामो सङ्घर्षले प्राप्त गरेको गणतन्त्र...
-
२०७६ आश्विन ६, सोमबार
प्रधानमन्त्री – चिनियाँ प्रमण्डल भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । भेटका अवसरमा चिनियाँ सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा छिट्टै हुने चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका क्रममा यहाँ आएको सो टोलीले दुई देशबीचको सहयोगात्मक...
-
२०७६ आश्विन ६, सोमबार
किन्ने हो आटोपिठो
‘म त गाउँले ठिटो, खाउली आटोपिठो, तरकारीमा गिठो, लाइदेउ माया मिठो’ गायक वसन्त थापाको गीतले भने झैँ जैविक अर्गानिक खानाका पारखीलाई खुशीको खबर छ । शहरीयालाई रैथाने उत्पादनको स्वाद चखाउन यहाँका एक उद्यमीले जैविक खाद्यान्न पसल शुरु गर्नुभएको छ । ‘महालक्ष्मी कुटानी पिसानी तेलमिल’ सँगैको पसलमा मकैको आटो, गहुँ, कोदो, जौ र फापरको पिठो उपलब्ध छ । स्थानीय उपभोक्ताबाहेक बागलुङ घुमेर फर्कने जो कोहीलाई घर...


