राष्ट्रिय
-
२०७६ आश्विन ८, बुधबार
दोषीलाई कारवाहीको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुसेवा विभागले राष्ट्रिय जनावर गाईको समेत तस्वीर राखी गाईलाई मासुजन्य जनावरका रुपमा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले मङ्गलबार विज्ञप्ति जारी गरी बडादशैँलगायत चाडलक्षित प्रचार सामग्रीमा हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्वीर संलग्न गरिएकामा दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा धार्मिक आस्थाजस्तो संवेदनशील विषयमा भएको त्रुटीमाथि...
-
२०७६ आश्विन ८, बुधबार
आमाको हत्यापछि छोराछोरीको बिचल्ली
दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् । हत्या अभियोगमा कारागार चलान भएपछि अहिले कृष्णका चार छोराछोरी बिचल्लीमा परेका छन् । कृष्णकी आमा...
-
२०७६ आश्विन ८, बुधबार
पर्यटन वर्षलाई सघाउन पालिकामा उपसमिति
गण्डकी प्रदेशले घोषणा गरेको पर्यटन वर्ष ९सन् २०१९–२०२२० सफल पार्न जिल्लाका स्थानीय तहमा उपसमिति गठन गरिएको छ । जिल्लास्तरीय समन्वय उपसमितिका अनुसार बागलुङ, गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, बरेङ, काठेखोला र बडिगाड गाउँपालिकामा उपसमिति गठन भइसकेको छ । तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकामा आजभोलिमै उपसमिति गठन गर्ने तयारी छ । पालिकास्तरीय उपसमिति स्थानीय तहका प्रमुखको अध्यक्षतामा गठन गरिएको...
-
२०७६ आश्विन ८, बुधबार
दशैँ मनाउन घर फर्किनेको लर्को
दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला पुगेका धनबहादुर वली दशैँ मनाउन घर फर्किनुभएको छ । वर्षभरि परदेशमा काम गरेर दिन बिते...
-
२०७६ आश्विन ८, बुधबार
कृषिमा प्रचुर सम्भावना बोकेको हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र बन्दै
अलिपरबाट झट्ट हेर्दा कुनै तारे होटल वा रिसोर्टझँै लाग्ने आकर्षक कटेज, मनोरम पोखरी, डाले घाँसका बोट अनि उखुजस्तै देखिने नेपियर घाँसका बुट्यान, साना साना खोर अनि खोरभित्र आकर्षक स्थानीय जातका कुखुरा तथा हेर्दा स्थानीयझँै लाग्ने उन्नत जातका गिरीराज, लोहाटन, हेमसरालगायतका कुखुरा अनि ठूला दुईतले कटेजको भुइँतलामा अलग अलग गाई, भँैसी तथा पाडापाडी, माथिल्लो तलामा ब्रोइलर र लेयर्स जातका कुखुरा, पोखरीमा...
-
२०७६ आश्विन ८, बुधबार
आफूखुशी मूल्य बढाए कारवाही गरिने
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिनुभएको छ । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उहाँले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिनुभयो । कालोबजारी सिर्जना गरेर कुनै उद्योगी व्यवसायीले...
-
२०७६ आश्विन ८, बुधबार
व्यावसायिक कृषि फार्म सञ्चालनमा
नुवाकोटको विदुर नगरपालिका–५ स्थित छविसेफाँटमा व्यावसायिक कृषि परियोजना सञ्चालनमा आएको छ । स्वरोजगार प्रवद्र्धन एवं कृषि क्षेत्रलाई सम्मानित पेशा बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय युवाको संयुक्त लगानीमा ‘शुद्धीकरण कृषि फार्म’ मार्फत कृषि र पशुपालन शुरु गरिएको हो । यहाँको माझीटार, भत्तेरी, बट्टार र घारीगाउँको करीब ९० रोपनी बाँझो जग्गा भाडामा लिएर कृषि परियोजना कार्यक्रम शुरु गरिएको फार्मका...
-
२०७६ आश्विन ८, बुधबार
बाह्र क्रसर उद्योग मापदण्डविपरीत सञ्चालित
जिल्लामा सञ्चालन हँुदै आएका १२ क्रसर उद्योग मापदण्डविपरीत रहेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड अनुरुप कुनै पनि उद्योग सञ्चालनमा छैनन् । यसरी उद्योग सञ्चालन गर्नेमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा छन् । खनाल गिट्टी बालुवा उद्योग, यशोशान्ति कङ्क्रिट स्टोन, थापा एग्रिगेट उद्योग, सिद्धेश्वर एग्रिगेट एण्ड कङ्क्रिट ब्लक उद्योग, महालक्ष्मी...
-
२०७६ आश्विन ८, बुधबार
दुई डिस्टीलरी सञ्चालक कारागारमा
अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने जिल्लाका दुई डिष्टीलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालयले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेको छ । जिल्लामा सञ्चालित जयश्री धौलागिरि डिष्टीलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेका प्रमाणित भएकाले उक्त कार्यालयले गत मङ्गलबार दुवै उद्योगका सञ्चालकलाई सो कारबाही गरेको हो । उदयपुर...
-
२०७६ आश्विन ८, बुधबार
रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य
शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता...
-
२०७६ आश्विन ८, बुधबार
अनलाइनबाट सबैलाई टिकटको सुविधा दिनसक्ने बससेवा डटकमको दाबी
नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घर जाने चटारो शुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका छन् । तर धेरैजसो यात्रुले टिकट पाउन नसकेको गुनासो गर्दै आएका छन् । पछिल्लो समयमा अनलाइनबाट बस टिकट काट्न सकिने भएपछि अनलाइन टिकटिङमा पनि आकर्षण बढेको छ । यात्रुलाई अनलाइन टिकट उपलब्ध गराएर सुविधा दिन सकिने बससेवा डटकमका सञ्चालक...
-
२०७६ आश्विन ८, बुधबार
रतन्छामा घरैपिच्छे माछापोखरी
सफा र चिटिक्क परेको घर । घरैपिच्छे माछापोखरी । घर नजिकै निर्माण गरिएका पोखरीमा खेलिरहेका हुन्छन् ग्रासकार्प र कमनकार्प प्रजातिका माछा । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासीका प्रत्येक घरमा माछापालन व्यवसाय गरिएको छ । जताततै पर्याप्त पानीको स्रोत रहेको रतन्छामा विसं २०५४ मा काठमाडौँस्थित गोदावरीबाट तीन हजार माछाका भुरा ल्याएर वितरण गरिएको थियो । जिल्लाको दक्षिणपूर्वी भेगमा पर्ने रतन्छामा ५५६...


