relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ भाद्र २३, सोमबार

    सटर स्रोत’को भरमा धार्मिक संस्था

    ‘नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर सटर विवादका कारण चर्चामा छ । मन्दिर क्षेत्रमा व्यापारिक प्रयोजनका सटरहरु निर्माण गर्ने वा नगर्ने भन्नेमा विवाद चुलिएको छ । अधिकांशको सुझाव र दबाब मन्दिर परिसरमा सटर नबनाऊँ भन्ने छ । ‘अनि मन्दिर व्यवस्थापन खर्च कसरी चलाउने रु’, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अहिलेको तनाव यति मात्रै हो । बागेश्वरी मन्दिर क्षेत्रको सडक चौडा गर्ने क्रममा...

  • २०७६ भाद्र २३, सोमबार

    अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु

    यहाँको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिनुभयो । अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश...

  • २०७६ भाद्र २३, सोमबार

    संविधान दिवस भव्य रुपमा मनाइने

    विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट गरी जिल्लामा संविधान दिवस विशेष रुपमा मनाइने भएको छ । विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो । संविधान दिवस २०७६ भव्यरुपमा मनाउन गठित जिल्लास्तरीय मूल समारोह समिति चितवनका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार दिवस मनाउन ५५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । दिवस मनाउने क्रममा...

  • २०७६ भाद्र २३, सोमबार

    कम्प्लेक्स निर्माणका लागि गरिएको अवरोध हट्यो

    अदालतको आदेशसँगै कोहलपुर बसपार्कमा आधुनिक शपिङ कम्प्लेक्स निर्माणका क्रममा गरिएको अवरोध हटेको छ । कोहलपुरका टेकराज आचार्यलगायत १७ जनाले अतिक्रमण हटाएर त्यस क्षेत्रमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण अविलम्ब शुरु गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा तुलसीपुरस्थित उच्च अदालतको नेपालगन्ज इजलासले मागबमोजिम परमादेश जारी गरेकाले यसअघि गरिएका अवरोध हटाउन मार्गप्रशस्त भएको हो । जमीन अतिक्रमणका कारण...

  • २०७६ भाद्र २३, सोमबार

    शहीदका सपना पूरा गरिने’

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले जनयुद्ध तथा जनआन्दोलनका शहीदले देखाएको बाटो पार्टीले अवलम्बन गरेकाले तिनका सपना पूरा गरिने बताउनुभयो । जनयुद्धका शहीदद्वय सुरेश वाग्ले र भीमसेन पोखरेलको २०औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय युवा सङ्घ कास्की शाखाले आज आयोजना गरेको रक्तदान कार्यक्रम शुभारम्भ गर्दै उहाँले पार्टी एकीकरणका बाँकी काम छिट्टै सम्पन्न गरेर सरकार र...

  • २०७६ भाद्र २३, सोमबार

    चिनियाँ विदेशमन्त्री वाङ चन्द्रागिरि हिल्समा

    तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुग्नुभएको छ । काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुग्नुभएको हो । चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल,...

  • २०७६ भाद्र २३, सोमबार

    युरोपको अन्तिम विन्दुबाट सगरमाथाको गहिराइ नाप्दा

    अमेरिका पत्ता नलागेसम्म विश्वकै अन्तिम विन्दु पोर्चुगलको कावा दी रोकालाई मानिन्थ्यो । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ । अहिले यही अन्तिम विन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको गहिराइ नाप्ने काम भएको छ । सामान्यतया सगरमाथाको उचाइ नापिन्छ तर कविको मन न हो नापियो गहिराइ पनि १ आकर्षक शैलीका साथ धारावाहिक रूपमा लगातार...

  • २०७६ भाद्र २३, सोमबार

    आर्थिक सुशासनदेखि पर्यावरण संरक्षणसम्म उत्साहप्रद काम ः सेना

    प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व गर्नुभएको एक वर्षमा नेपाली सेनामा नीतिगत र सङ्गठन सुधारका महत्वपूर्ण कार्यबाट सेनाको सकल दर्जामा आशा र उत्साह जागृत भएको छ । सङ्गठन भित्रका विकृति र विसङ्गतिलाई जरैदेखि हटाइ पारदर्शी र स्पष्ट आर्थिक सुशासन कायम गर्ने सन्दर्भमा यो अवधि निकै महत्वपूर्ण भएको बताइएको छ । सेनाले आर्थिक अनुशासनमा कडाइ गर्ने सिलसिलामा बजेटको सदुपयोग नगर्ने तथा आर्थिक सुशासन कायम...

  • २०७६ भाद्र २३, सोमबार

    नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु

    नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता आज राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा उक्त वार्ता काठमाडौँमा भएको हो । आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुनेछ । सो वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका...

  • २०७६ भाद्र २३, सोमबार

    प्रदेशबाट रासस बुलेटिन प्रकाशन गर्ने योजना

    राष्ट्रिय समाचार समिति राससका महाप्रबन्धक ओपेन्द्र शर्माले नेपालगञ्जस्थित रासस कार्यालयको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा महाप्रबन्धक शर्माले कार्यालयको सेवा प्रवाहको अवस्था, भौतिक पूर्वाधार, कर्मचारीको व्यवस्थापनलगायत विषयमा जानकारी लिनुभएको थियो । महाप्रबन्धक शर्मालाई कार्यालयका प्रमुख नीरज गौतमले रासस कार्यालय नेपालगञ्जवाट भइरहेका सेवाप्रवाह र अन्य वस्तुगत अवस्थाका बारेमा जानकारी...

  • २०७६ भाद्र २३, सोमबार

    सिलगुढी–काठमाडौँ बस सञ्चालनको विरोध

    पन्ध्र दिन अघिदेखि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् । भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी बन्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले ‘काँकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरोधका...

  • २०७६ भाद्र २३, सोमबार

    सुदूरपश्चिममा खेलकूदको पूर्वाधार अभाव

    सुदूरपश्चिम प्रदेशमा खेलप्रति युवाको आकर्षण बढ्दै गए पनि खेलाडीले खेलकूदका पूर्वाधार र सामग्री अभावको समस्या झेल्नु परिरहेको छ । यहाँ दक्ष प्रशिक्षकको अभावसमेत रहेको छ । प्रदेश खेलकूद विकास समितिको कार्यालय धनगढीका प्रमुख प्रेमबहादुर मल्ल विभिन्न समस्या हुँदाहुँदै पनि सुदूरपश्चिम प्रदेशले क्रिकेट, तेक्वान्दो, भलिबल, बक्सिङ, कराते, कबड्डी, फुटबललगायत खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी...

Pages