राष्ट्रिय
-
२०७६ भाद्र १२, बिहिबार
अधिकांस भू–भागमा वर्षाको सम्भावना
मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका...
-
२०७६ भाद्र १२, बिहिबार
पार्टी प्यालेस र क्याफेलाई तत्काल सुधार गर्न निर्देशन
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले गरेको अनुगमनका क्रममा काभ्रेपलाञ्चोकको व्यापारिक केन्द्र बनेपामा रहेको दुई पार्टी प्यालेस र एक क्याफेलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ । उपभोक्तासँग प्रत्यक्ष जोडिने पाटी प्यालेस, होटल र क्याफेको गरी १५ वटाको अनुगमन निरीक्षण गरिएकामा ती तीन वटा मापदण्ड नै पूरा नगरी सञ्चालन गरेको पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन...
-
२०७६ भाद्र १२, बिहिबार
ढुङ्गा विस्फोटनका लागि प्वाल खोप्ने काम तीव्र
गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्रावल भिरमा भासिएको पासाङल्हामु राजमार्ग सुधारको प्रयास जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सडक सतह भासिएको स्थानमा तत्काल टेवापर्खा लगाउने सम्भावना नभएकाले कुनातर्फबाट डाइभर्सन गर्न ढुुङ्गाको पहरो फुटाउने प्रयास जारी रहेको छ । पहिरोलाई विस्फोटन गराउन मङ्गलबारदेखि शुरू भएको प्वाल खोप्ने काम तीव्ररूपमा भइरहेकाले आज मध्याह्नसम्म...
-
२०७६ भाद्र १२, बिहिबार
नेकपा सल्यानले पूर्णता पायो
सल्यानमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्णता पाएको छ । नेकपाको जिल्ला कमिटीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका सङ्गठनमा पदाधिकारी चयनसँगै जिल्लामा नेकपाले पूर्णता पाएको हो । सदरमुकाम खलङ्गामा आयोजित नेकपाको जिल्ला कमिटीको बैठकले पूर्वएमाले अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीको सचिव र पूर्वमाओवादीको अध्यक्ष हुने स्थानीय तहमा पूर्वएमालेको सचिव रहने गरी स्थानीय कमिटीहरुको टुङ्गो लगाएको हो ।...
-
२०७६ भाद्र १२, बिहिबार
पाँचथरमा शुरु भयो ‘म अघि बढ्छु’ कार्यक्रम
किशोर–किशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश नं १ मा शुरु भएको ‘म अघि बढ्छु’ कार्यक्रम पाँचथरमा समेत शुरु भएको छ । लागुऔषध दुव्र्यसनबाट युवा जमातलाई मुक्त राख्ने, उनीहरुलाई सामाजिक विकृति विसङ्गतिविरुद्ध अभियान चलाउन अभिप्रेरित गर्ने र विपद् व्यवस्थापनका लागि सबल जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम शुरु भएको हो । पाँचथरमा बुधबार जिल्लाका ९४ सामुदायिक तथा...
-
२०७६ भाद्र १२, बिहिबार
वाइडबडीको काठमाडौँ–ओसाका उडान शुरु
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ । आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केक काटेर उडानको औपचारिक उद्घाटन गर्नुभएको थियो । बिहान २ः३८ बजे प्रस्थान गरेको विमान साढे ६ घण्टापछि आज ओसाका पुगेको राससका...
-
२०७६ भाद्र ११, बुधबार
त्रिपालमुनि पढ्दै विद्यार्थी
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी त्रिपालमुनि पढ्न बाध्य छन् । गत साउन १७ गते आएको पहिराले हम्पाबस्ती र विद्यालय जोखिममा परेपछि यहाँका १४० विद्यार्थी खुलाचौरमा लगाइएको त्रिपालमुनि पढ्न बाध्य बनेका हुन् । हाल विद्यालय रहेको स्थानभन्दा झण्डै चार किलोमिटर उत्तरमा पर्ने लेकालीखर्क दहको खुलाचौरमा विद्यालयको पठनपाठन शुरु गरिएको शिक्षक खड्क थापाले...
-
२०७६ भाद्र ११, बुधबार
खुलेन काठमाडौँ विश्वविद्यालयको ताला
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा...
-
२०७६ भाद्र ११, बुधबार
प्रमुखसँग मात्रै सूचना
जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालय प्रमुखसँग मात्रै कार्यालयका सूचना रहने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मङ्गलबार सूचना अधिकारीको बैठकमा अधिकांश सूचना अधिकारीले यस्तो गुनासो गरेका हुन् । “सूचना अधिकारीलाई कार्यालयका गतिविधिसम्बन्धी सूचना नै हुँदैन, सबै विषयमा नगरप्रमुख र लेखाप्रमुखलाई मात्रै थाहा हुन्छ”, बनेपा नगरपालिकाका सूचना अधिकारी श्यामकृष्ण...
-
२०७६ भाद्र ११, बुधबार
दलित छात्रावास भवन अलपत्र
उपभोक्ता समितिको लापरवाहीका कारण प्रदेश नं २ सरकारद्वारा सदरमुकाम सिरहामा निर्माणाधीन दलित छात्रावास भवन अलपत्र परेको छ । प्रदेश सरकारको रु ९० लाखको लागतमा सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन दलित छात्रावास अलपत्र परेको हो । आर्थिक वर्ष २०७५÷७६ भित्रै निर्माण सकिने गरी निर्माण थालिएको उक्त छात्रावास भवन अलपत्र पर्दा छात्रावास भवनको रु ३९ लाख रकम...
-
२०७६ भाद्र ११, बुधबार
नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध
नेपाल र क्यारेबियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका १६७ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि सेन्ट लुसियाका स्थायी प्रतिनिधि कसमस रिचर्डसनले आज न्यूयोर्कमा आयोजित एक संक्षिप्त समारोहमा हस्ताक्षर...
-
२०७६ भाद्र ११, बुधबार
गाउँ–गाउँमा मेलमिलाप संयोजक
घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा २०७४÷७५मा २५७ उजुरी निवेदन दर्ता भए । त्यसमध्ये १०५ निवेदनको मेलमिलाप गरियो । प्रक्रियामा रहेका १५१ मध्ये १८ लाई चालू आर्थिक वर्षमा टुङ्गो लगाइयो । नगरको न्यायिक समितिको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा १९५ मात्रै विवादका उजुरी न्यायिक समितिमा दर्ता भए । त्यसमध्ये ७९ उजुरीको अन्तिम टुङ्गो लागिसकेको छ भने ११६...


