राष्ट्रिय
-
२०७६ आषाढ २२, आइतबार
प्रहरी आफैँ पवित्र बन्नुपर्छ महानिरीक्षक खनाल
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी आफैँ पवित्र बन्नुपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलमा निर्माण हुन लागेको प्रहरी चौकी भवनको आज शिलान्यास गर्दै उहाँले जनताको माया र सद्भाव पाउन प्रहरीले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरीले आफ्नो व्यवहार, शिष्टता र इमानदारिता प्रदर्शन गर्नुपर्ने महानिरीक्षक खनालले बताउनुभयो...
-
२०७६ आषाढ २२, आइतबार
तरकारी खेतीतर्फ आकर्षित हँुदै बोटे समुदाय
तनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा बसोवास गर्ने बोटे समुदायका मानिसहरु पछिल्लो समय पुख्र्यौली पेशा छाडेर नदी बगरमा तरकारी खेती गर्न थालेका छन् । मादी र सेती नदीमा माछा मार्ने, ज्याला मजदूरी तथा ठूला नदीहरुमा गई बालुवा धोएर सुन निकाल्ने जस्ता पुख्र्यौली पेशा छाडेर बोटेहरु तरकारी खेतीमा लागेका हुन् । मादी नदीको बगरमा गरिएको तरकारी खेतीबाट दैनिक रु दुईदेखि रु तीन हजारसम्म आम्दानी हुने...
-
२०७६ आषाढ २२, आइतबार
वामपन्थी नेता अधिकारीको अवस्था जटिल
थप उपचारका लागि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको अवस्था जटिल हुँदै गएको छ । गएको पुस २७ गते यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना हुनु भएका उहाँलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो । अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार उहाँलाई सघन उपचार कक्षमा राखिएको छ ।...
-
२०७६ आषाढ २२, आइतबार
गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ—मन्त्री राई
शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताउनुभएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले भौतिक पूर्वाधार निर्माणका क्रममा वातावरण विनाश हुन नदिन सरकार सचेत छ भन्नुभयो । “नेपालगञ्जमा सडक तथा नाला निर्माणका क्रममा जसबाट गल्ती भएको छ, त्यो सच्याउने जिम्मा पनि उसैले...
-
२०७६ आषाढ २०, शुक्रबार
केबुल टिभीको सिगनल बाइपास गरेको अभियोगमा तीन पक्राउ
केबुल टिभीको सिगनल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं ८ गहवास्थित ‘हाम्रो टिभी’को कार्यालयमा बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको टोलीले छापामारी आवश्यक अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको हो । सिगनल बाइपास गरी राजश्व छली भइरहेको सूचनाको आधारमा कारवाही गर्दा हाम्रो टिभीको कार्यालयबाट...
-
२०७६ आषाढ २०, शुक्रबार
एकापसमा मिल्ने भए ग्लोबल आइएमई र जनता बैंक
ग्लोबल आइएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाँभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा ती दुई बैंक एकापसमा मिसिने निर्णय आज गरेका हुन् । सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गर्नुभएको छ । यही असार १२...
-
२०७६ आषाढ २०, शुक्रबार
वडाध्यक्षले त्यागे सरकारी सेवा सुविधा
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उहाँलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताउनुभएको छ । जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उहाँले बताउनुभयो । भर्खरै सम्पन्न गाउँसभामार्फत आफूले पाउने सेवासुविधा आफँैले उपभोग नगरी सामाजिक काममा खर्च गर्ने घोषणा गरेको भन्दै...
-
२०७६ आषाढ २०, शुक्रबार
‘मास प्रिन्टर’ र कार्ड खरीद प्रक्रिया अघि बढ्यो
सरकारले ‘स्मार्ट चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ र कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । सेवाग्राहीलाई सहज र चाँडो सेवा दिनका लागि ‘मास प्रिन्टर’ र कार्ड खरीद प्रक्रिया अघि बढाएको हो । आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीलाई चालक अनुमतिपत्र उपलब्ध गराउनका लागि मास प्रिन्टर र कार्ड खरीद गर्नेसम्बन्धी ठेक्का सम्झौता भइसकेको यातायात व्यवस्था विभागले जनाएको छ । गत...
-
२०७६ आषाढ २०, शुक्रबार
‘बम–सरस्वती स्मृति पुरस्कार’ श्रेष्ठलाई
धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यो वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गर्ने भएको छ । नगद रु १० हजार राशिको सो पुरस्कार यही असार २९ गते २०६ औँ भानु जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । नेपाली भाषा, साहित्यको उत्थानमा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । नुवाकोट...
-
२०७६ आषाढ २०, शुक्रबार
उदयपुर सिमेन्ट उद्योग बन्द
नेपलाकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द हुन पुगेको सो उद्योगले जनाएको छ । विद्युत्को भोल्टेजमा आएको...
-
२०७६ आषाढ २०, शुक्रबार
कारागारका कैदीमा छालाजन्य रोग
तनहुँको कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखापरेको छ । कारागारमा रहेका १३९ कैदीबन्दीमध्ये १०÷१२ जना कैदीबन्दीमा छालाजन्य रोग देखापरेको हो । एक महीनाअघि २०÷२५ जनामा छालासम्बन्धी समस्या रहेकामा हाल उपचारपछि कमी आएको कारागारका स्वास्थ्य सहायक सक्षम घिमिरेले बताउनुभयो । कारागारमा उपचार हुन नसकेका यस्ता समस्याका कैदीबन्दीलाई दमौली अस्पतालमा रिफर गरेर उपचार गर्ने गरिएको छ उहाँले भन्नुभयो, “...
-
२०७६ आषाढ २०, शुक्रबार
हेमबहादुर मल्ल सम्मान पाण्डेलाई
साल्ट ट्रेडिङ कर्पोरेशनको प्रायोजनमा स्थापित २०७२ सालको हेमबहादुर मल्ल सम्मान पूर्वमन्त्री देवेन्द्रराज पाण्डेले प्राप्त गर्नुभएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँगको साझेदारीमा नेपाल जनप्रशासन सङ्घले आज राजधानीमा गरेको कार्यक्रममा नेपाली संस्कृतिका जानकार सत्यमोहन जोशीले उहाँलाई रु दुई लाख नगदसहित सम्मान गर्नुभयो । नागरिक समाजका अगुवा पाण्डेले नेपालको चौतर्फी विकास, प्रशासन तथा अर्थतन्त्रमा सुधारका...


