राष्ट्रिय
-
२०७६ जेठ २८, मंगलबार
नसकिने भयो दिपायल विमानस्थलको काम
डोटीको दिपायल विमानस्थलको कालोपत्रको काम तोकिएको समयमा सम्पन्न हुनसकेको छैन । सँगै काम शुरु गरिएको अछामको साँफेबगर विमानस्थलको निर्माणकार्य सम्पन्न भएर परीक्षण उडान भइसक्दासमेत दिपायल विमानस्थलको निर्माणकार्य भने अझै अधुरो छ । विसं २०५८ बाट बन्द भएको यो विमानस्थल पुनःसञ्चालनका लागि काम शुरु भएको थियो । तर दोस्रोपटक म्याद थप भएको समयमा पनि कालोपत्रको काम भने नसकिने अवस्था देखिएपछि स्थानीय...
-
२०७६ जेठ २८, मंगलबार
खप्तडमा गङ्गादशहरा मेला शुरु
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा प्रत्येक वर्ष जेठमा लाग्ने गङ्गादशहरा मेला शुरु भएको छ । उक्त मेला भर्नका लागि खप्तड क्षेत्रमा स्वदेशी तथा विदेशी हजारौँ तीर्थालु तथा पर्यटकहरु पुगेको खप्तड मेलामा पुग्नुभएका उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडमा मेला भर्न पर्यटक तथा तीर्थालुहरु हजारौँको सङ्ख्यामा पुगेका छन्, निकै रमाइलो भएको छ ।”...
-
२०७६ जेठ २८, मंगलबार
कर्णालीमा कृषकको पहिचान गर्न माग
कर्णालीका कृषकले वास्तविक कृषकको पहिचान गर्नुपर्ने माग गरेका छन् । कृषक समूह महासङ्घ नेपाल र इन्सेक कर्णाली प्रदेश कार्यालयले सुर्खेतमा आयोजना गरेको कृषिका सवाल पहिचान र समधानमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सहभागी कृषकले प्रदेश सरकारले वास्तविक कृषक पहिचान गरी परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् । बजेटमार्फत किसानको पहिचान, वर्गीकरण, परिचय–पत्र वितरण र सामाजिक सुरक्षा ९पेन्सन० को...
-
२०७६ जेठ २७, सोमबार
उग्रतारा मेलौली सडक कालोपत्र
निर्माण शुरु भएको तीन दशकपछि डडेल्धुराको उग्रतारा मेलौली सडक कालोपत्र हुन थालेको छ । डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको पञ्चेश्वर गाउँपालिकासम्मको यस सडकको कूल लम्वाईमध्ये आठ किलोमिटर सडकको कालोपत्र गर्ने काम शुरु भएको छ । पूर्वाधार विकास कार्यालय डडेल्धुराको कूल रु १२ करोड ४५ लाखको लागतमा कालापत्रे हुन थालेको छ । ‘डिविएस टि’ प्रविधिमा कालोपत्र हुन थालेको सडकको कालोपत्र भने पाँच मिटर...
-
२०७६ जेठ २७, सोमबार
नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने
नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७...
-
२०७६ जेठ २७, सोमबार
स्थानीय तहले बजेट लगे बिरुवा हुर्काएनन्
डिभिजन वन कार्यालयलाई बिरुवा हुर्काउन पठाइने बजेट स्थानीय तहमा गएपछि वनमा बिरुवा कम हुर्किएका छन् । स्थानीय तहले भने बजेट लिएर पनि बिरुवा हुर्काउने काम गरेका छैनन् । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष वृक्ष सुधार कार्यक्रमअन्तर्गत ७० हजार बिरुवा मात्र हुर्किएका छन् । आपूर्ति समितिले एक लाख बिरुवा हुर्काएको छ । पौडेलले गत वर्ष राष्ट्रपति चुरे...
-
२०७६ जेठ २७, सोमबार
सुत्केरी भत्ता नपाएको गुनासो
बझाङका सुत्केरीले ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले साउनदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् । राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माएबापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रतिमहिला रु तीन हजार ८०० दिँदै आइरहेको भए पनि जिल्ला अस्पताल बझाङले भने साउनदेखि सुत्केरीलाई भत्ता नदिएको पाइएको छ । तल्कोट...
-
२०७६ जेठ २७, सोमबार
राष्ट्रियसभा बैठक स्थगित
राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बिहान ११ः१० बजे शुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो । नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को खारेज गर्नुपर्ने माग गर्दै...
-
२०७६ जेठ २७, सोमबार
विपद् व्यवस्थापनमा सहकार्य र ऐक्यबद्धता आवश्यक– गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न दक्षिण एशियाली मुलुकबीच आपसी सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताउनुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन’को उद्घाटनका क्रममा उहाँले यो समस्या कुनै स्थानीय तह वा एउटा देशको मात्र...
-
२०७६ जेठ २७, सोमबार
प्रधानमन्त्रीले श्रम सङ्गठन सम्मेलनलाई सम्बोधन गर्नुहुने
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रि«य श्रम सङ्गठन आइएलओ को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । आज नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री...
-
२०७६ जेठ २७, सोमबार
थातथलो खोसिने भएपछि तामाङ बस्तीका बासिन्दा बिचल्लीमा
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१ मा ५० वर्र्षदेखि बसोबास गर्दै आएका रामबहादुर पाख्रिन अहिले घरबारविहीन हुने भयले रातदिन चिन्तामा डुबेका छन् । रामबहादुर पाख्रिनका बुबा भक्तबहादुर पाख्रिनले सिन्धुलीबाट बसाइँ सरेर २०२६ सालमा महोत्तरीको बर्दिबासमा आएर बसोबास गरेको थियो । बुबाको मृत्युपछि रामबहादुर आफैँ र निजका छोरा तथा नातिहरु प्नि बस्दै आएको घरजग्गा अरूको रहेको अचानक थाहा पाएपछि उनी छानोबाट...
-
२०७६ जेठ २७, सोमबार
गुठी विधेयक संविधानको अनुकूल छः मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विधेयक बारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले भन्नुभयो, “गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शङ्का नगरौँ, अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ ।” मन्त्री...


