relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ २०, सोमबार

    पालुङटारमा हेलो मेयर

    पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधँै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु श्रेष्ठले जानकारी दिनुभयो । उक्त सेवामार्फत नगरवासीले नगरपालिकाभित्रका विकासको कार्यक्रम, सार्वजनिक संस्था,...

  • २०७६ जेठ २०, सोमबार

    युवा वैज्ञानिक सम्मेलन जेठ २२ र २३ मा

    दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्ठन सार्क क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न युवा वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ ।  प्रदेश नं ३  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यका यही जेठ २२ र २३ गते आयोजना हुने सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र  ...

  • २०७६ जेठ २०, सोमबार

    स्वर्गद्धारीको शाखा मन्दिरको संरक्षण शुरु

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ र मङ्गला गाउँपालिका–१ को सिमानामा रहेको धार्मिकस्थल स्वर्गद्धारी शाखा मन्दिरको संरक्षण शुरु भएको छ ।  रघुगङ्गा गाउँपालिकाले स्वर्गद्धारीको शिव मन्दिर, तीर्थयात्री निवास र गौशालाको संरक्षणका लागि तारबार गर्न थालेको छ ।  प्युठानको स्वर्गद्धारीको शाखा मानिएको यो क्षेत्र १४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।  गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाख  ...

  • २०७६ जेठ २०, सोमबार

    अलपत्र बहुद्देश्यीय कर्वडहल नगरपालिकाले बनाउँदै

    बजेट अभावमा अलपत्र बनेको दिक्तेलको माटिकोरेस्थित बहुद्देश्यीय कवर्डहल पुनःनिर्माण थालिएको छ । बजेट अभावमा आठ वर्षदेखि अलपत्र बनेको उक्त कवर्डहल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लगानीमा पुनःनिर्माण थालिएको हो ।  विसं २०६८ मा उक्त हल निर्माण थालिएकामा रकम अभाव भएपछि अलपत्र बनेको थियो तर उक्त नगरपालिकाले हाल रु ७५ लाख बजेट उपलब्ध गराएकाले काम अघि बढेको हो । एकासी फिट लम्बाइ, ५७ चौडाइ फिट र ३५...

  • २०७६ जेठ २०, सोमबार

    डोटी समाचारः वृद्धभत्ता बढ्दा खुशीयाली

    ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तामा सरकारले रु एक हजार बढाएपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् ।    सरकारले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्तामा रु एक हजार बढाएर रु तीन हजार पु¥याएपछि उनीहरु खुशी भएका हुन् । दिपायल सिलगढी नगरपालिका–४ गैरागाउँकी ६७ वर्षीया देवादेवी कामी खुशी हुँदै भनिन्, “ कमाउने उमेर नभएका ज्येष्ठ नागरिकलाई यसले ठूलो सहयोग पुग्नेछ ।”   देवाको घरमा कमाउने उमेरका...

  • २०७६ जेठ २०, सोमबार

    मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।    मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना हुनुभएको हो । त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुनुहुन्छ । निकै  ...

  • २०७६ जेठ २०, सोमबार

    इन्डोनेसियामा भूकम्प

    इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६।० म्यानिच्युडको भूकम्प गएको छ । यहाँको मौसम तथा भू गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन् । यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ...

  • २०७६ जेठ २०, सोमबार

    पर्यटकीय गाउँ घान्द्रुकसम्मको सडक कालोपत्रे गरिने

    विश्व चर्चित अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय घान्द्रुक गाउँसम्मको सडक कालोपत्रे गरिने भएको छ ।  विसं २०५८ मा नयाँपुलबाट घान्द्रुकसम्म सडकको ट्रयाक खोलिएकोमा चालू वर्षबाट बाटो कालोपत्रे गरी पक्की बनाउन शुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय कास्कीको रु १९ करोड लागतमा नयाँपुलदेखि वीरेठाँटी हुँदै घान्द्रुकसम्मको १० किमि सो सडक सातदेखि नौ मिटर फराकिलो बन्ने...

  • २०७६ जेठ २०, सोमबार

    उपसभापति निधि डेनमार्क प्रस्थान

    नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्कमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।   डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी डीआइपीडी को निम्तोमा उपसभापति निधि कोपनहेगन प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा यही जुन ४ मा हुने निर्वाचनको अघिल्लो दिन स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।  त्यस क्रममा उहाँले त्यहाँका...

  • २०७६ जेठ २०, सोमबार

    मिथिलाञ्चलमा वरपूजा

    मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्देछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको जनविश्वासअनुसार यस व्रतको शुरुआत भएको हो । त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ । मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको छ...

  • २०७६ जेठ २०, सोमबार

    मिथिलानी वरसाइत् पर्व मनाउँदै

    मिथिलाका विवाहित महिलाले वरसाइत् वटसावित्री पर्व धुमधामका साथ मनाइरहेका छन् । जेठ औँशीका दिन आज सोमबार अटल शौभाग्यको कामना गर्दै विवाहित मिथिलानी मिथिलाका महिला आज व्रत बसेका हुन् । यो पर्व अब भोलि बिहान सूर्योदयसँगै समापन गरिनेछ ।   सत्ययुगमा सति सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँशीका दिन अटल शौभाग्यको वरदान पाएकी विश्वासका आधारमा यो पर्व मनाउने गरेको मैथिल परम्परा छ । जेठ कृष्ण...

  • २०७६ जेठ २०, सोमबार

    नागरिकले अनुभूत गर्ने गरी सेवा परिवर्तन हुन्छ ः मन्त्री अर्याल

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने बताउनुभएको छ । प्रेस सङ्गठन पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझाउने अवस्था नरहेको बताउँदै मन्त्री अर्यालले सरकारी सेवा प्रवाहलाई परिवर्तन गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुने...

Pages