राष्ट्रिय
-
२०७६ जेठ २१, मंगलबार
यलम्बर सांस्कृतिक कार्यक्रम हुने
नेपालका प्रथम किराँती राजा यलम्बरको सम्झनामा किराँती नव–सांस्कृतिक केन्द्रले किराँती समुदायको चाड उभौली साकेला का अवसरमा सांस्कृतिक संस्थानमा यलम्बर सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । केन्द्रले यही जेठ २९ गते यलम्बर सांस्कृतिक विशेष कार्यक्रमका अवसरमा रु दुई लाख १० हजार राशिसहित वरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई ‘यलम्बर सांस्कृतिक सम्मान’बाट सम्मान गर्ने जनाएको छ । यस्तै रु ३० हजार राशिको...
-
२०७६ जेठ २१, मंगलबार
अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ । नयाँ पार्किङ आजैदेखि सञ्चालनमा ल्याइने विमानस्थलका महाप्रबन्धक राजकुमार...
-
२०७६ जेठ २१, मंगलबार
मुख्यमन्त्रीद्वारा शुभकामना
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजमा जातीय आधारमा गरिने सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक र लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गरिनुपर्ने...
-
२०७६ जेठ २१, मंगलबार
थप दुई बु्रमर ल्याउँदै कामपा
काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई बु्रमर यान्त्रिक कुचो ल्याउने भएको छ ।गत फागुनको अन्तिम साता इटलीबाट ल्याइएको पाँच यान्त्रिक कुचो अपुग भएपछि बढाउन लागिएको हो । चीनको छिन्दु नगरले कामपालाई अनुदानमा सो यान्त्रिक कुचो दिन लागेको हो । ढिलोमा आगामी हप्तामा काठमाडौँ आइपुग्ने ती यान्त्रिक कुचो युरो–४ मापदण्डको रहेको र तिनको लम्बाइ ८।६ मिटर र चौडाइ ३।५ मिटर छ ।...
-
२०७६ जेठ २१, मंगलबार
आमाछोरा उपचारबाट वञ्चित
बाँकेको राप्ती सोनारी गाउँपलिका–७ लालपुरमा क्यान्सर र मिर्गौला रोगबाट पीडित आमाछोरा उपचारबाट वञ्चित भएका छन् । आर्थिक अभावमा ६० वर्षीया तुलसा शाही र २४ वर्षीय छोरा हिरेन्द्र शाही उपचारबाट वञ्चित भएका हुन् । तुलसा फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्छ भने उहाँको छोरा हिरेन्द्रको दुवै मिर्गौलामा समस्या देखिएको छ । दुबै जनाको उपचार गर्न निकै समस्या भएको मिर्गौला पीडित शाहीकी भाउजु बिमला शाहीले...
-
२०७६ जेठ २१, मंगलबार
दश हजार जनसङ्ख्यामा एक कुष्ठरोगी
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा एक कुष्ठरोगी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कैलाली, कञ्चनपुर र अछाम जिल्लामा अझै कुष्ठरोग निवारण नभएको जनाएको छ । नेपालमा कुष्ठरोग निवारणको घोषणा १० वर्ष पुगे पनि सुदूरपश्चिम प्रदेशमा अझै निवारण नभएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । प्रदेशका सबै जिल्लामा कुष्ठरोगीको...
-
२०७६ जेठ २१, मंगलबार
मिथिलामा बरसाइत पर्व
महोत्तरीसहित मिथिला क्षेत्रमा विवाहित महिलाले बरसाइत वटसावित्री पर्व मनाएका छन् । जेठ कृष्ण औंशीका दिन सोमबार अटल सौभाग्यको कामना गर्दै ब्रत बसेका विवाहित मिथिलाका महिलाले आज बिहान सूर्योदयपछि यो पर्व साङ्गता समापन गरेका हुन् । सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ कृष्ण औंशीका दिन अटल सौभाग्यको बरदान पाएको विश्वासको आधारमा उक्त दिन अटल सौभाग्यको कामनाका साथ यो पर्व मनाउने परम्परा...
-
२०७६ जेठ २१, मंगलबार
राष्ट्रपति भण्डारी नेपालगञ्जमा
राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज आइपुग्नुभएको छ । उहाँ अपराह्न साढे २ बजे नेपालगञ्ज विमानस्थलमा आइपुग्नुभएको राष्ट्रपतिको सचिवालयका उपसचिव दीपा शर्माले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारी अहिले नेपालगञ्जस्थित एक होटेलमा बस्नुभएको छ । साँझ साढे ५ बजे यहाँस्थित सिद्धार्थ कटेजमा शुरु हुने रोजा इफ्तार कार्यक्रममा राष्ट्रपति भण्डारी...
-
२०७६ जेठ २१, मंगलबार
संरक्षित वनलाई एक करोड ४० लाख
जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो । दुबै वनलाई सुदूरपचिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको डिभिजन वन कार्यालयले जनाएको छ । विनियोजित बजेटले समुदायस्तरमा आत्मनिर्भर बनाउने खालका काम गरिरहेको डिभिजन वन कार्यालयका डिभिजनल...
-
२०७६ जेठ २१, मंगलबार
प्रेस नियन्त्रणसम्बन्धी बुँदा परिमार्जन गर्नुपर्छः अध्यक्ष श्रेष्ठ
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सरकारले सञ्चार क्षेत्रमा नियन्त्रण गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन नहुने बताउनुभएको छ । रासससँग आज कुरा गर्दै उहाँले सरकारले राष्ट्रियसभामा पेश गरेको विधेयकमा प्रेसलाई नियन्त्रण गर्ने गरी आएको बुँदालाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय समाचारमा आएजस्तो सरकारले ल्याएको विधेयकमा रु २५ हजारदेखि रु एक लाखसम्म जरिवाना...
-
२०७६ जेठ २१, मंगलबार
दुर्गममा अझै पुगेन पाठ्यपुस्तक
नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन । किताब बिक्रीवितरणको जिम्मा लिएका स्टेशनरी तथा वितरकहरुले आवश्यक किताब समयमै ढुवानी गरेर बिक्रीवितरण गर्न नसक्दा जिल्लाका चार स्थानीय निकायमध्ये सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयले शैक्षिक सत्र शुरु भएको दुई महीना हुन लाग्दा...
-
२०७६ जेठ २१, मंगलबार
बिरामी अन्यत्र पठाए अस्पताललाई जरिवाना
प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा रु पाँच लाखसम्म जरिवाना हुने कानून ल्याउन लागेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी दिनुभयो । सो विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई उपचारको व्यवस्था हुँदाहँुदै अर्को अस्पतालमा उपचारका लागि पठाएमा रु २५ हजारदेखि पाँच...


