STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८० आश्विन २९, सोमबार

    आजदेखि नयाँ नोट साट्न पाइने

    काठमाडौं- आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखा मार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।  काठमाडौं उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने...

  • २०८० आश्विन २५, बिहिबार

    अलपत्र विद्यार्थी लिन परराष्ट्रमन्त्री इजरायल गए

    काठमाडौं- स्वदेश फर्कन चाहने करिब साढे दुई सय विद्यार्थीलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल प्रस्थान गरेको छ । नेपाल एअरलाइन्सको विमानबाट उनी बिहीबार बिहान दुबई हुँदै इजराइलका लागि उडेका हुन् । कृषि पढ्न इजरायल गएका विद्यार्थीलाई दुई दिनभित्र स्वदेश फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीलाई इजरायल पठाउने निर्णय बुधबार मन्त्रिपरिषद् बैठकले गरेको थियो । ...

  • २०८० आश्विन २३, मंगलबार

    इजरायलबाट छिटो शव ल्याउन संसदीय समितिको निर्देशन

    काठमाडौँ - प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मंगलवार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाईतेहरुको स्वास्थ्योपचार गर्न,बेपत्ता भएका नेपालीहरुको तत्काल खोजि गर्न र...

  • २०८० आश्विन २३, मंगलबार

    आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलायो

    काठमाडौं- सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले, एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भन्दै वार्तामा आउन आग्रह गरेको हो ।  वार्ताबाटै समस्याको समाधान हुने प्रतिवद्धतासहित कर्मचारीलाई काममा फर्कन समेत सरकारले आग्रह गरेको छ । मन्त्रालयले स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न...

  • २०८० आश्विन २३, मंगलबार

    नेपालगञ्जमा हटाइयो कर्फ्यु र निषेधाज्ञा

    काठमाडौं- नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यु र निषेधाज्ञा हटाइएको छ । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञा लगाएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले एक सूचना जारी गर्दै मंगलबार बिहान ४ बजेदेखि कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन् । गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको...

  • २०८० आश्विन २३, मंगलबार

    इजरायल घटनापछि यूएन महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

    काठमाडौं- इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ । ‘उहाँको भ्रमण छिट्टै हुनेछ । हाललाई स्थगित भएको छ,’ परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले भनिन्  । यसअघि महासचिव गुटेरेसको नेपाल भ्रमण असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटेरेसले असोज २७ गते...

  • २०८० आश्विन २३, मंगलबार

    मानसिक रोग पनि अन्य सामाजिक रोगजस्तै हो, भेदभाव नगरौँ : प्रधानमन्त्री

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताएका हुन् । प्रधानमन्त्री दाहालले आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण...

  • २०८० आश्विन २३, मंगलबार

    नेपालगञ्जमा कर्फ्यू हटाइयो

      नेपालगञ्ज , नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । उहाँले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गर्नुभयो । अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै...

  • २०८० आश्विन २३, मंगलबार

    तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह

    काठमाडौ, परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गर्नुभएको छ । इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउनु हुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी...

  • २०८० आश्विन २३, मंगलबार

    इजरायल घटनापछि नेपालमा हाई अलर्ट

    काठमाडौं- इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली मारिएपछि नेपालमा उत्पन्न हुनसक्ने परिस्थितिप्रति नेपाल प्रहरीले समीक्षा गरेको छ । निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आकल सहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको हो । विगतमा यस्ता घटनालगत्तै विरोध प्रदर्शन, आन्दोलन भएको समेत स्मरण गर्दै निमित्त प्रहरी प्रमुख एआईजी टेकप्रसाद राईले सात...

  • २०८० आश्विन २२, सोमबार

    इजरायलमा रहेका २०० बढीले घर फर्किन नाम टिपाए

    काठमाडौं- नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको छ । घाइते चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुई जनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको...

  • २०८० आश्विन २२, सोमबार

    इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोक घोषणा

    काठमाडौं - इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ । त्यस्तै, हमासको आक्रमणमा परी ज्यान...

Pages