STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८० आश्विन ७, आइतबार

    राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक

    काठमाडौँ, नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ । महाशाखाको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो ।...

  • २०८० आश्विन ७, आइतबार

    नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

    बेइजिङ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ ।     चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नुहुँदै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गर्नुभयो ।     चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ...

  • २०८० आश्विन ४, बिहिबार

    आवासको अधिकारसम्बन्धी नियमावली जेलियो सिंहदरबारभित्रै

    काठमाडौँ, संविधानको धारा ३७ मा ‘प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ’ भनी मौलिक हकका रुपमा आवासको हक राखिएको छ तर कार्यान्वयनमा भने जान सकेको छैन ।आवासको हक कार्यान्वयनमा जान नसक्नुको मुख्य कारण संविधानमा मौलिक हकका रुपमा राखिएका विषयको कानून तीन वर्षमा बनिसक्नुपर्नेमा त्यसो हुन नसक्नु नै हो । संविधानको धारा ३७ ९२० मा ‘कानूनबमोजिम बाहेक कुनैपनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थानबाट...

  • २०८० आश्विन ३, बुधबार

    गणतन्त्रको वास्तविक अनुभूति गर्न बाँकी छ : राष्ट्रपति पौडेल

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नु पर्ने बताएका छन् ।  संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले अहिलेका शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जितेर लोकतन्त्रलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताएका हुन् ।  उनले भने, ‘कतै हाम्रा कमजोरीलाई...

  • २०८० आश्विन २, मंगलबार

    ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

    काठमाडौं- भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नित्यकर्म समाप्त गरी हरितालिकाको व्रत समापन गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा...

  • २०८० आश्विन २, मंगलबार

    संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट छ सय ७० जना कैदीको माफी मिनाहा

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को...

  • २०८० आश्विन २, मंगलबार

    तेइस वर्षदेखि वाटिकामा उभिरहेछन् लौहपुरुष गणेशमान

    भक्तपुर, सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जङ्गलको पूर्वपट्टिको छेउमा सुन्दर बगैँचासहितको बाटिका छ । नजिकै सानो पालेघर । वाटिकाको बीचमा २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेका लौह पुरुष, प्रजातन्त्र सेनानी स्व गणेशमान सिंहको पूर्णकदको सालिक । हो यही सालिक आज स्व सिंहको पुण्यतिथि एवं २६औँ स्मृति दिवसका अवसरमा राष्ट्रपति अनावरण गर्ने भएपछि बल्ल ठडिएको...

  • २०८० आश्विन २, मंगलबार

    ऋषिपञ्चमी पर्वः ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

    काठमाडौँ, ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ ।     प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । आज नेपाली नारीले नदी, खोला, ताल, तलाउलगायत स्थलमा गई विधिपूर्वक दत्तिउन र गोबरले स्नान गरेपछि ऋषेश्वर मन्दिरमा गई पूजा लगाउने गर्छन् ।     टेकु र मूलपानीको ऋषेश्वर मन्दिर काठमाडौँ उपत्यकाका पुराना मन्दिर हुन् । जहाँ...

  • २०८० आश्विन १, सोमबार

    तीज पर्वको परम्परा जोगाउनै गाह्रो

    काठमाडौं - आज व्रत बसेर तीज पर्व मनाइरहेकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिनादिनदेखि तीज लागिरहेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ, जुन तीजको दरखाने दिनसम्म नै जारी रहन्छ । “भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी खाएर दर खाने कार्यक्रम सुरु गरियो”, उनले हाँस्दै सुनाए “दर खाने दिनसम्म नै यो क्रम चल्यो ।”...

  • २०८० आश्विन १, सोमबार

    हरितालिक तीज : देशभरका शिवालयमा भक्तजनको घुइँचो

      काठमाडौँ - हरितालिक तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ पशुपतिनाथ नित्य...

  • २०८० आश्विन १, सोमबार

    नौबिसे–मलेखु सडक खण्डमा असोज २० गतेसम्म दिउँसो मात्र खुल्ने

    काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो । असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घन्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी...

  • २०८० आश्विन १, सोमबार

    नाच्नेडाँडामा छमछमी

    गण्डकी,नाच्नेडाँडाको रौनक फेरिइहाल्छ । तीज पर्वसँग यसको पुरानो साइनो छ । तीजमा नाचगान हुन थालेपछि ठाउँको नामै नाच्नेडाँडा रहन गएको हो । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा वर्षेनी तीज मेला लाग्छ । स्वतःस्र्फूत ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ । यसपालिको तीजमा पनि नाच्नेडाँडामा दुई दिन मेला चल्यो । आइतबार गाउँका छोरीचेली भेला भएर सामूहिक दर खाए । तीजका गीतमा छमछमी...

Pages