राष्ट्रिय
-
२०७६ बैशाख ३, मंगलबार
विद्यालय भर्ना अभियानलाई सफल बनाउन शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ । सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै उहाँले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्नुभएको छ । उहाँले अभियानलाई...
-
२०७६ बैशाख ३, मंगलबार
चालक र सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच
गोङ्गबुस्थित नयाँ बसपार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजना तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल प्रहरी अस्पतालको सहकार्यमा आज चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण गरिएको हो । उपत्यकालगायत देशका विभिन्न भागमा चालकको लापरबाहीबाट दुर्घटना बढ्न थालेपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ट्राफिक सप्ताह...
-
२०७६ बैशाख ३, मंगलबार
मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने
चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी रहेको छ । शर्माले...
-
२०७६ बैशाख ३, मंगलबार
सेतो मच्छेन्द्रनाथको रथ लगनटोलमा
वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई सोमबार राति लगनटोल पु¥याइएको छ । हनुमानढोका दरबार अघिबाट बेलुकी ४।३० बजे तान्न शुरु गरिएको रथ राति लगनटोल पु¥याएपछि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो । सोमबार रथ लगन पु¥याएपछि जीवितदेवी कुमारीलाई पनि मच्छेन्द्रनाथको दर्शन...
-
२०७६ बैशाख ३, मंगलबार
६८ योजना अधुरै
जाजरकोट जिल्लामा तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा सञ्चालित अधिकांश भौतिक संरचना अधुरै रहेका छन् । मन्त्रालय खारेज भएपछि संरचनाको पुनःनिर्माणकार्य अलपत्र परेका हुन् । मन्त्रालयले आर्थिक वर्ष २०६४÷६५ देखि २०७२÷७३ सम्म तत्कालीन जिल्ला विकास समिति तथा जिल्ला प्राविधिक कार्यालयमार्फत काम गरेको थियो । मन्त्रालयको ‘पी वान’ अन्तर्गतको पुनःनिर्माण तथा पुनःस्थापना शीर्षकका ६८ भौतिक संरचना...
-
२०७६ बैशाख ३, मंगलबार
मुख्यमन्त्रीको ध्यानार्कषण
प्रदेशसभा सदस्यद्वय इन्द्रलाल सापकोटा र चन्द्र सागर बुढाले गल्कोटसहित बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पु¥याएको क्षतिका बारेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानार्कषण गराउनुभएको छ । बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यद्वयले बाढी तथा वर्षाका कारण भएको क्षति तथा राहतका विषयमा आज मुख्यमन्त्री निवासमा पुगेर उहाँलाई ध्यानार्कषण गराउनुभएको हो । सो अवसरमा मुख्यमन्त्री...
-
२०७६ बैशाख ३, मंगलबार
तनहुँमा होमस्टेको सङ्ख्या वृद्धि हुँदै
तनहुँमा होमस्टे घरबास सञ्चालन गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तेत्तीस होमस्टे सञ्चालनमा रहेको यस जिल्लामा अहिले थप छ नयाँ होमस्टे थपिने अवस्थामा छन् । गाउँमा होमस्टे सञ्चालनपश्चात गाउँमै स्वरोजगार बन्न सकिने हुँदा पछिल्लो समय तनहुँमा होमस्टे सञ्चालनतर्फ मानिसको आकर्षण बढ्दै गएको छ । होमस्टे घरबास को प्रवद्र्धनका लागि प्रदेश सरकारमार्फत ३३ होमस्टेलाई रु १० लाखको दरले रु ३३ लाख विनियोजन गरी...
-
२०७६ बैशाख ३, मंगलबार
तीस विधेयक पारित
प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म ३० विधेयक पारित गरेको छ । पारित भएका विधेयकमध्ये ४ विधेयक प्रथम अधिवेसनले, ११ विधेयक दोस्रो अधिवेसनले र १५ विधेयक तेस्रो अधिवेसनले पारित गरेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालले जनाएको छ । तेस्रो अधिवेसनले पारित गरेका १५ विधेयकमध्ये सात विधेयक मात्रै प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणित गर्नुभएको छ भने अन्य विधेयक प्रमाणित हुने क्रममा छ । “विधेयक प्रमाणित भएपछि...
-
२०७६ बैशाख ३, मंगलबार
पर्यटकको आकर्षण ‘रिमिघा लेक’
प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको रिमिघा लेकमा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ । रम्भा गाउँपालिका–२ फोक्सिङकोट र ३ पिपलडाँडाको माथिल्लो भागमा अवस्थित रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक र वातावरणीय सौन्दर्य, जैविक विविधताका साथै पर्यटकीय महत्व बोकेको रिमिघा...
-
२०७६ बैशाख ३, मंगलबार
बौद्धमा तेमाल जात्रा
चैत्र शुक्लचतुर्दशीका दिन बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्राको तयारी पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । तामाङ समुदायले प्रत्येक वर्ष चैत्र शुक्लचतुर्दशीका दिन बेलुकी दिवङ्गत आत्माको शान्तिको कामना गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन् । लामा गुरुहरुद्वारा विशेष पूजापाठ ९ङोवा मोन्लम० समेत गरी मनाउने गरिन्छ । प्राचीनकालमा तेमाल क्षेत्रका तामाङ समुदाय आएर मनाउने भएकाले तेमाल...
-
२०७६ बैशाख ३, मंगलबार
विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त
नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । महानिरीक्षक खनालले दुःखको घडीमा...
-
२०७६ बैशाख ३, मंगलबार
बाह्रसिङ्गाको गणना शुरु
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि बाह्रसिङ्गाको गणना शुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र प्रकृति संरक्षण कोष एनटिएनसी को संयुक्त पहलमा पाँच वर्षपछि शुरु गरिएको बाह्रसिङ्गा गणनाका लागि २५ जनाको प्राविधिक टोली सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले आगामी वैशाख ५ गतेसम्म शुक्लाफाँटाभित्र रहेका मुलुककै ठुलो घाँसे...


