STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

त्रिमूर्ति पुरस्कार, शताब्दी पदक र कृति लोकार्पण

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २७, सोमबार

वाङमय शताब्दी पुरूष डा।सत्यमोहन जोशीले आज राजधानी काठमाडौमा विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गर्नुभयो । शताब्दी पुरूष डा।जोशीले आधुनिक कथा र उपन्यास सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पुर्याई लोकप्रिय तुल्याएवापत नेपाली साहित्यका विशिष्ट साधकद्वय श्रीमती गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’ पुरस्कार प्रदान गर्नुभयो । ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रूपियाँ रहेको छ । यसै गरी ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्वपूर्ण दस्तावेज लेखनका साथै साढे सात दशकदेखि नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई अति विशिष्ट योगदान गरेबापत नेपाली साहित्यका महारथी प्रा।डा।तारानाथ शर्मालाई एक लाख रूपियाँ राशि सहित बालकृष्ण सम पुरस्कार प्रदान गरिएको छ । वाङमय शताब्दी पुरूष डा।जोशीले शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित प्रसिद्ध कलाकार श्री राजन काफ्ले, समाजसेवीद्वय श्री श्रीगोपाल महर्जन र श्री चिनयाँराज श्रेष्ठलार्ई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गर्नुभयो । त्रिमूर्ति निकेतनले हालसम्म नेपाल लगायत २५ राष्ट्रका २२६ जना महानुभावलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिसकेको छ । शताब्दी पुरूष डा।जोशीले त्रिमूर्ति निकेतनको भौतिक सम्भार र संरक्षणमा विशेष योगदान पुर्याएबापत श्री मोहनकृष्ण सापकोटा र श्री डण्डुराज घिमिरेलाई त्रिमूर्ति सम्मान प्रदान गर्नुभयो । सोही समारोहमा शताब्दी पुरूष डा।जोशीले महासमालोचक प्रा।डा।वासुदेव त्रिपाठीबाट लेखिएको ुनरेन्द्रराज प्रसाईको जीवनीकृति मेरी आमा भागीरथा प्रसाई स् समीक्षात्मक विमर्शु, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईबाट सम्पादित ुराष्ट्रकविको सय वर्षु, नरेन्द्रराज प्रसाईद्वारा लिखित ुशताब्दी पुरूषको सय वर्षु र ुमेरी आमा भागीरथा प्रसाईु नामक जीवनीकृतिको लोकार्पण गर्नुभयो। त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा वाङ्मय शताब्दी पुरुष डा।सत्यमोहन जोशी, ‘सत्यमोहन जोशी शताब्दी महोत्सवका संयोजक प्रा।डा।उषा ठाकुर, महासमालोचक प्रा।डा।वासुदेव त्रिपाठी, डा।मोदनाथ प्रश्रित, प्रा।राजेन्द्र सुवेदी, प्रा।ठाकुर पराजुली, प्रा।डा।गार्गी शर्मा, मदनदास श्रेष्ठ, यादव भट्टराई र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले आआफ्ना मन्तब्य प्रकट गर्नुभयो । समारोहमा त्रिमूर्ति निकेतनका कोषाध्यक्ष उषा शेरचनले कविता वाचन गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय