STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जापानको नेपाली रेस्टुरेन्टमा फेस मास्क निशुल्क वितरण गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २७, मंगलबार

कोरोना भाईरसका कारण जापानमा फेस मास्कको अत्यन्त अभाब भई रहेको अवस्थामा योमरी ग्रुप अफ कम्पनी जापान अन्तर्गतका नेपाली रेस्टुरेन्ट मण्डला शिबुया र एशिएन दाईनिंग बालि गार्डेन टोक्यो ,कान्दाबाट रेस्टुरेन्टमा आउने ग्राहकहरुलाई २०२० मार्च १० तारेख मंगलवार देखि निशुल्क मास्क वितरण गर्ने भएको छ ।  उक्त कम्पनीले मंगलवार देखि निशुल्क मास्क वितरण गर्ने कुरा उक्त कम्पनीका प्रबन्ध निर्देशक सुनिल कुमार शाक्यले जानकारी दिनुभयो । कोरोना भाईरसले गर्दा जापानमा हाल मास्कको अत्यन्त अभाब भएको र जापान हाम्रो कर्म भुमी भएको हुनाले जापानी र जापानप्रती कृतज्ञता जनाउन र नेपालीहरु पनि दूखमा साथ दिन्छन् भन्ने सन्देश छर्नको लागि पनि आफुहरुले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको कुरा शाक्यले बताउनुभयो । साथै बाटोमा हिड्ने बटुवाहरुलाई पनि निशुल्क मास्क वितरणको तयारी गरिरहेको बताएको छ ।
Categorized in अन्तर्राष्ट्रिय