STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप तीनजनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संक्रमित ५७ पुगे

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १७, बुधबार

काठमाडौं – नेपालमा थप तीनजना नयाँ कोरोना संक्रमण भेटिएको छ । बुधबार बाराका दुईजना र पर्साको एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् । दिल्लीको एक धार्मिक सभामा सहभागी भएर फर्किएका जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज–२ छपकैयाका ४६ वर्षका पुरुषमा संक्रमण पाेजेटिभ देखिएका छन् ।  आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ ।
Categorized in राष्ट्रिय