STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुकुम्वासीलाई ६ आना जग्गा दिने निर्णय उचित हैन - वर्ल्ड नेवाः अर्गनाइजेसन

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार

विजयरत्न असंबरे

संसारैभरि छरिएर रहेका नेवारहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले नेपाल सरकारले सुकुम्वासी आयोग मार्फत सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय गरेकोप्रति आपत्ती जनाएको हो । अर्गनाइजेसनको अनलाइन मार्फत बसेको केन्द्रीय वैठकमा यस विषयमा छलफल गर्दै विश्वभरको साथमा नेपालमा पनि कोभिड १९ को संक्रमण फैलिएर सबै लकडाउनमा बसिरहेको अवस्थामा सुकुम्वासी आयोग गठन गर्ने र जग्गा बाँड्ने निर्णय गर्नुमा सरकारको बदनियत प्रष्टिएको ठहर गरेको हो । काठमाडौंका रैथानेलाई विस्थापित गर्दै सुकुम्बासीलाई जग्गा बाँड्ने कुरा नसच्याइए यस विरुद्ध आन्दोलनको थालनी गर्ने विषयमा समेत अर्गनाइजेसनको वैठकले छलफल गरेको छ । काठमाडौं उपत्यकाका रैथानेलाई विस्थापित गर्ने कदम चालेमा नेपालका सबै संघसंस्थासँगै अर्गनाइजेसनले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत मुद्दा चलाउने निर्णय वैठकले गरेको अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले जानकारी दिनुभयो । अर्गनाइजेसनको अनलाईन वैठकमा नेपालको साथै अमेरिका, क्यानडा, लन्डन, इजरायल र विभिन्न यूरोपीय मूलुकमा रहेका कार्य समिति पदाधिकारी, सदस्यहरुको सहभागीता रहेको थियो ।
Categorized in राष्ट्रिय