STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाक सेनाको लेफ्टिनेन्ट जनरलमा पहिलोपटक महिला नियुक्त

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १८, बिहिबार

एजेन्सी : पाकिस्तानी सेनाले एक महिला अधिकृतलाई पहिलो लेफ्टिनेन्ट जनरलको रुपमा नियुक्त गरेको छ । मंगलबार मेजर जनरल निगर जोहर लेफ्टिनेन्ट जनरलको रुपमा नियुक्त भएकी हुन् । पाकिस्तानी सेनाको इतिहासमै उनी पहिलो तीन तारे जनरल बनेकी छन् । सेनामा सर्जनको रुपमा रहेकी निगर सेनाबाट नै दीक्षित बनेकी थिइन् । लेफ्टिनेन्ट जनरलमा पदोन्नती हुने उनी पहिलो महिला अधिकृत हुन् । पाकिस्तानी सेनाको एक अधिकृत पहिलो महिला सर्जन जनरलको पदोन्नती भएको छ,’ पाकिस्तानी सेनाका उच्च अधिकारी बबर इफ्तिखरले जनाए । जोहर रावलपिण्डस्थित पाकिस्तानी सेनाको मेडिकल कलेजबाट १९८५ मा दीक्षित भएकी थिइन् । २०१७ मा उनी पाकिस्तानी सेनाको तेस्रो अधिकृत बनेकी थिइन् । उनका बाबुर श्रीमान पनि पाकिस्तानी सेनामै छन् ।
Categorized in अन्तर्राष्ट्रिय