STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओलीसँग सहमति गरेर अघि बढ्नुको विकल्प छैन : प्रचण्ड

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ५, सोमबार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग सहमति गरेर अघि बढ्नुको विकल्प नरहेको निष्कर्ष निकालेका छन्। प्रचण्डले सोमबार विहान आफु निकट स्थायी कमिटी सदस्यहरुलाई बोलाएर शीर्ष तहमा भएको छलफल र प्रगतीबारे बिफ्रिङमा उक्त कुरा बताएका थिए । ओलीलाई विधिसम्मत हटाउने प्रकक्रिया अघि बढाउँदा पार्टीमा विभाजन आउने र दुर्घटना निम्त्याउने खतरा देखिएकाले आम कार्यकर्ताको भावना अनुकुल पार्टी एकतालाई बचाउनका लागि आफुहरु लचिलो हुन बाध्य भएको प्रचण्डले बैठकमा बताएका थिए। नेकपाको ४४ सदस्य रहेको स्थायी कमिटीमा रहेका पूर्वमाओवादीका १५ जना बैठकमा सहभागी थिए। बैठकमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ र मातृका यादवबाहेक सबै स्थायी समिति सदस्यले ओली–प्रचण्ड मिल्न सुझाव दिएका थिए। त्यस्तै अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पार्टी एकता बचाउनुपर्नेमा जोड दिएका थिए।  शीर्ष तहमा चर्किएको कलहको टुंगो लाग्न नसक्दा स्थायी कमिटीको बैठक ८ पटकसम्म स्थगित भएको छ। यसबीचमा ओली र प्रचण्ड तथा अन्य शीर्ष नेताहरुबीच बालुवाटारमा हरेक दिन जसो बैठक बसे पनि कुरा मिल्न सकेको छैन्।
Categorized in राजनीति