STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुद्धको जन्मभूमिबारे बहस र विवाद गर्नु अनावश्यक : नेपाल

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २५, आइतबार

काठमाडाैं – भारतीय अधिकारीहरुले बुद्ध भारतमा जन्मिएकाे भनी दिएका अभिव्यक्तिलाई लिएर नेपालले आफ्नाे आधिकारिक धारणा राखेकाे छ । नेपाल सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले आईतबार औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य रहेको जनाएको हो । शनिबार एक कार्यक्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेपछि नेपालले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भनेका छन्, ‘यो ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य हो कि भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको थियो । बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्वीकारेको उनले बताए । नेपालबाट विश्वका अन्य भागहरुमा बुद्ध धर्मको फैलावट भएको उनले बताएका छन् । उनले भनेका छन्– ‘सिंगो विश्व समुदाय यो विषयमा जानकार छ ।’
Categorized in राजनीति