काठमाडौं उपत्यकामा ३५४ सहित ९८० जनामा कोरोना संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २१, आइतबार
काठमाडौं – विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ सहित देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२÷३२ जनामा संक्तमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यसैगरी संक्रमणबाट कुल २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेका छन् ।
Categorized in राष्ट्रिय