पक्राउ परेकालाई रिहा गर्न ३५ संघसंस्थाको माग, रिहाइकाे लागि जनस्तरबाट प्रदर्शन
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार
जनस्तरबाट पनि रिहाइको माग
ललितपुरको हरिसिद्धिमा पक्राउ परेकाको रिहाइको माग गर्दै स्थानीयले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । स्थानीय महिला, पुरुष तथा बालबालिकाहरुको सहभागितामा उनीहरुले सम्पदा अभियन्ताहरुको तत्काल रिहाइको माग गरिएका विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यसैगरी, झडपपछि धरपकड गरी पक्राउ परेका अभियन्ताहरुको तत्काल रिहाइको माग गर्दै दबाब दिन मध्यपुर थिमि शंखधर चोकमा पनि जनसमुदायले प्रदर्शन गरेको थियो ।
यसैगरी, रथयात्राको क्रममा सरकारले गरेको दमन र पक्राउ परेकाको रिहाइको लागि दबाब दिन तराई मधेसबासीहरुले प्रदर्शन गरे । तराई मधेसबासीहरुले नेवार संस्कृति, जात्रामा भएको अतिक्रमणविरुद्ध देखाएको ऐक्यबद्धताको जनस्तरबाट प्रोत्साहन पाइरहेको छ ।
तस्बिर : विभिन्न सामाजिक सञ्जाल
Categorized in उपत्यका


