STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ७, शुक्रबार

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

काठमाडौंबाट हेटौंडा फर्किएपछि ७३ वर्षीय पौडेलमा सामान्य रुघाखोकी देखिएपछि बुधबार स्वाब परीक्षण गरिएको थियो ।

दाहालले भने, ‘बिहीबार दिउँसो कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

मुख्यमन्त्री पौडेल हाल हेटौंडा–२ स्थित मुख्यमन्त्री निवासमै आइसोलेसनमा छन् । मुख्यमन्त्रीसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि बिहीवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

Categorized in व्यक्तित्व