STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारविरुद्ध नेपाल विद्यार्थी संघको प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १६, आइतबार

काठमाडौँ – आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

षडयन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेको, यातना दिने र झुठा मुद्दा लगाउने काम सरकारले गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।

नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनमा सहभागीहरुले ‘जनस्वास्थ्यमा खेलवाड गर्न पाईदैन, भ्रष्ट सरकार चाँहिदैन’, ‘अधिनायकवादको सरदार, केपी ओलीको सरकार’, ‘झुठा मुद्दा खारेज गर’ भन्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले भौतिक दूरी भने कायम नगरेको पाइएको छ । उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेको भए पनि नेविसंघको प्रदर्शनमा सहभागीहरुले भौतिक दुरी कायम नगरी प्रदर्शन गरेका हुन् ।

उनीहरुले कोरोना पीडित जनताको उपचारका लागि सरकार उदासीन देखिएको नेविसंघको भनाइ छ । 

Categorized in राजनीति