STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्यकार मोक्षबहादुर अमात्यको पुस्तक “तिकि तिकि” र गीतिएल्बम “छ व जि” लोकार्पण

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण २८, शुक्रबार

नेपालभाषाका मूर्धन्य साहित्यकार मोक्षबहादुर अमात्यको नेपालभाषाको हाइकु संग्रह पुस्तक ‘तिकि तिकि’ र उहाँकै रचनामा तयार भएको गीतको एल्बम ‘छ व जि’ को लोकार्पण एक विशेष कार्यक्रमका बीच बिहिवार सम्पन्न भएको छ ।

वरिष्ठ समालोचक एवं साहित्यकार डा. मोहन हिमांसु थापाको प्रमुख आतिथ्यतामा ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक एवं कार्यक्रमका सभापति नरेशबीर शाक्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि, सभापति, सर्जक मोक्षबहादुर अमात्य, साहित्यकार यज्ञरत्न धाख्वाः, डा. पुष्पराज राजकर्णिकार, सुरेश प्रधान, शाक्य सुरेन , ध्रुव मधिकर्मि, अमर राज शर्मा राजाेपाध्याय   लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरिएको थियो भने, गीत संगीत क्षेत्रका जीवित जल्मी, सानुबाबु महर्जन, प्रवेशमान शाक्य,मनराजा नकर्मि, रामकुमार मानन्धर, प्रवेश मान शाक्य, सुलिन्द्र शाक्य लगायतका व्यक्तित्वहरुले एल्बमको लोकार्पण गरेका थिए ।

स्वागत मन्तव्यको क्रममा ईलोहं प्रकाशनका मुख्य व्यवस्थापक तथा पेजथ्री पत्रिकाका सम्पादक दर्शनवीर शाक्यले नेपालभाषा साहित्यको उत्थान र साहित्यकारको प्रोत्साहनका लागि इलोहं प्रकाशनबाट निरन्तर पुस्तक प्रकाशन गर्दै आएको र यसलाई निरन्तरता दिइने प्रतिबद्धता जाहेर गर्नुभयो ।

लोकर्पण गरिएको हाइकु पुस्तकका बारेमा र हाइकु साहित्यका सम्बन्धमा विभिन्न साहित्यकारहरुले आफ्नो विचार व्यक्त गरेका थिए भने सो कार्यक्रममा नेपालभाषा साहित्यक्षेत्रका दिग्गज एवं साहित्यप्रेमीहरुको उपस्थिति रहेको सो कार्यक्रममा पुस्तक र एल्बम प्रकाशनमा सहयोग गर्ने सहयोगी हातहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । साहित्यकार मोक्षबहादुर अमात्यका “जनबहाद्यःया बाखं”, “छंगु हे नामय्” कृतिहरु यस अघि प्रकाशित भैसकेका छन् ।

Categorized in साहित्य-कला