STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र पत्रकार संघले गरे कोरोनाबाट जोगिन आग्रह

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ३०, बिहिबार

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट नेपालमा पनि तिब्र रुपमा फैलिरहेको कारणले गर्दा अग्रपंक्तिमा रहेर पत्रकारिता गर्ने आम संचारकर्मीहरुमा समेत कोरोनाको जोखिम दिनानुदिन बढिरहेको छ । यस्तो अवस्थामा संघले आफ्ना सम्पूर्ण सदस्यहरुलाई सुरक्षित भई संचारकर्ममा लाग्न अनुरोध गरेको छ ।     

चलचित्र पकार संघ नेपाल केन्द्रिय समितिको बैशाख ३० गते भर्चुअल माध्यमबाट बसेको बैठकले अध्यक्ष दीनेश सिटौलाको संयोजकत्वमा संघका उपाध्यक्ष  जीवन लुइटेल र महासचिव समिर बलामि दुई सदस्य रहने गरि चलचित्र पत्रकार कोरोना विशेष समन्वय समिति पनि गठन गरेको छ । यस समितिले चलचित्र पत्रकारहरुको  वर्तमान  अवस्था, कोरोना संक्रमित पत्रकारहरुको सुरक्षा र उपचारका लागि समन्वय, सहकार्य र सहजीकरणमा  कार्य सम्पादन गर्नेछ ।  यसका साथै   चलचित्र पत्रकारहरुले आफ्नो अवस्थाको बारेमा समितिसँग समन्वय गर्न पनि संघले अनुरोध गरेकोछ ।

साथै संघको बैठकले जेष्ठ ७ गतेको २२औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा बार्षिक उत्सबको अवसरमा प्रदान गरिने सम्मान तथा पुरस्कार कार्यक्रम कोरोनाका कारण यो बर्ष पनि स्थगीत गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमलाई उपयुक्त समय वा अर्को बर्ष निरन्तरता दिने निर्णय बैठकले गरेको   कुरा संघले जनाएको छ भने जेष्ठ ७ गते भर्चुअल माध्यमबाट बार्षिक उत्सबको अवसरमा शुभकामना आदान प्रदान गर्ने निर्णय समेत बैठकले गरेको कुरा संघले जनाएको छ ।

Categorized in सिनेमा