STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा ११८६ जनामा संक्रमण पुष्टि, २४ घण्टामा थपिए ४९०४ संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २६, मंगलबार

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ११ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणका क्रममा सो संख्या संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज सबैभन्दा धेरै काठमाडौं जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ७९५ जनामा कोरोना पुष्टि हुँदा ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

आज देशभर १९ हजार १२३ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९०४ जनामा कोरोना संक्रमण देखिएको छ ।

Categorized in उपत्यका