STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुर सिंगिङ आइडल ११४२ दोस्रो चरण सम्पन्न : ८ जना आउट, १० जना टप टेनमा जाने

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ मङ्सिर १४, मंगलबार

कीर्तिपुर/कीर्तिपुर नगरपालिकाद्वारा आयोजना भइरहेको ‘कीर्तिपुर सिंगिङ आइडल ११४२’को दोस्रो चरणको कराओके राउण्ड कार्यक्रम गत शनिबार कीर्तिपुर २ वडास्थित नेपालभाषा एकेदेमि हलमा सम्पन्न भयो । १५  देखि ३० वर्ष उमेर समूहका कीर्तिपुर नगरभित्रका १८ जना प्रतिस्पर्धी प्रतिभाहरुको सांगितिक प्रस्तुति रहेको उक्त आइडलको दोस्रो राउण्डबाट अब १० जना छनोट गरी टप टेनमा पु¥याइने छ भने ८ जना प्रतिस्पर्धीलाई आउट गरिने छ ।

यसपछि छनोट भएका १० जना प्रतिस्पर्धीको अन्तिम चरणको कार्यक्रम ग्राण्ड फिनाले हुनेछ भने प्रतिस्पर्धी प्रतिभाहरुले लाईभ म्यूजिकमा आफ्नो गायन प्रस्तुत गर्नुपर्ने हुन्छ । आयोजक कीर्तिपुर नगरपालिकाले दिएको जानकारी अनुसार ग्राण्ड फिनाले पुष महिनाको पहिलो साता हुनेछ । यसबीच टप टेन प्रतिस्पर्धीलाई विभिन्न सांगितिक स्टुडियो भ्रमण लगायत विभिन्न वडा वडामा गई प्रचारात्मक कार्यक्रमको रुपमा सांगितिक कार्यक्रमको आयोजना हुने जानकारी पनि आयोजक कीर्तिपुर नगरपालिकाले दिएको छ ।

शनिबार भएको दोस्रो चरणको कार्यक्रममा १८ जना प्रतिस्पर्धी प्रतिभाहरुले दमदार प्रस्तुति दिएको छ भने निर्णायक मण्डललाई कस्लाई इन र कस्लाई आउट गर्ने विषयमा अलमल हुनेछ भनी कार्यक्रममा उपस्थित अभिभावक दर्शकहरुले चर्चा परिचर्चा गरेका छन् ।

१८ जना प्रतियोगीहरुमा प्रशान्त सुवेदी, जोन महर्जन, नसना महर्जन, सनिश महर्जन, दिवेन बज्राचार्य, रसिक मालाकार, अतुल मानन्धर, संयोग बस्नेत, निकेश मानन्धर, नफिसा महर्जन, रुपा शाही, रितिशा महर्जन, समृद्धि महर्जन, सुदेश महर्जन, निर्जल महर्जन, कृपा बाँस्कोटा, एकता महर्जन र स्नेहा नकर्मी छन् ।

यस्तै निर्णायक मण्डलमा कीर्तिपुरका चर्चित नामुद संगीतकर्मीहरु रहेका छन् । ज्ञानेश्वर निभाः,  तीर्थ माली, राजु महर्जन (कुटुम्ब ब्याण्ड), रुविन श्रेष्ठ (कुटुम्ब ब्याण्ड), न्हुच्छे दर्शन, रत्नशोभा महर्जन, दीपा महर्जन, हरिशरण साय्मि, कृष्णहरी महर्जन, सतीश महर्जन र सन्तोष महर्जन निर्णायक मण्डलको भूमिकामा रहेका थिए ।

कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नगरपालिकाकै प्रमुख लेखा शाखा अधिकृत प्रविणजंग शाही अतिथिको रुपमा उपस्थिति रहेको थियो भने सभापतित्व कीर्तिपुर सिंगिङ आइडल ११४२ का संयोजक हरिशरण साय्मिले गर्नुभएको थियो ।

उपस्थित अतिथिगणले स्थानीय सरकार नगरपालिकाले यस्तो आइडल कार्यक्रमको आयोजना गरेको पहिलो श्रेय कीर्तिपुर नगरपालिकाको भएको जानकारी दिनुभएको थियो । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन तथा उपमेयर सरस्वती रिजाल खड्काद्वारा पठाइएको भिडियो सन्देश पनि प्रस्तुत गरिएको उक्त कार्यक्रम संचारकर्मी  आयोजक सदस्य ललेन्द्र शाक्यले संचालन गर्नुभएको थियो ।

कीर्तिपुर नगरपालिकाले उक्त कीर्तिपुर सिंगिङ आइडल ११४२ का विजेता तीनजना आइडललाई क्रमशः प्रथम हुनेलाई ५०,०००/–, द्वितीय हुनेलाई ४०,०००/– र तृतीय हुनेलाई ३०,०००/– नगदसहित ट्रफी मेडल प्रमाणपत्र एवं विभिन्न उपहार प्रदान गरिने जानकारी दिएको छ ।

कीर्तिपुरका युवापुस्तामा लुकेका संगीत क्षेत्रका प्रतिभावान् कलाकारहरुको प्रतिभा प्रष्फुटन एवं उजागर गर्ने हेतुले कीर्तिपुर नगरपालिकाले कीर्तिपुर सिंगिङ आइडल ११४२ को आयोजना गरेको जानकारी कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले दिनुभएको छ भने यो कार्यक्रमको सूत्रधार पनि स्वयं मेयर महर्जन नै हुनुहुन्छ । यस कार्यक्रमबाट कीर्तिपुर क्षेत्रबाट नयाँ प्रतिभा गायक गायिकाहरु उत्पादन हुनेमा नगरपालिका विश्वस्त छन् ।

Categorized in साहित्य-कला