STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जित लगत्तै मेयर बालेन फिल्डमा, सिसडाेल र बञ्चरेडाँडा अवलाेकन

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १४, शनिबार

काठमाडौं - प्रमुख (मेयर) पदमा नवनिर्वाचित बालेन्द्र शाह (बालेन) बधाई ज्ञापन र्यालीपश्चात कार्य क्षेत्र ‘फिल्ड’ मा खटिएका छन् ।

शुक्रबार ज्ञापन र्यालीपछि मेयर बालेन काठमाडौं उपत्यकाबाट फोहोर लगेर विसर्जन गरिने ठाउँ सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् ।

बालेनकाे यस कार्य र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को स्टाइल एउटै देखिएको छ । मेयरमा जितेसँगै दुवै फिल्डमा खटिएका छन् ।

त्यसो त बालेनले काठमाडौंको फोहोर समस्यालाई दीर्घकालीन समाधान नगरी जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने घोषणा गरिसकेका छन् ।

Categorized in उपत्यका