STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण २१, शनिबार

वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त हुनुभएको छ । सोसाइटीको साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः नियुक्त हुनुभएको हो ।

अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू कटिबद्ध भइ अगाडि बढिरहेको र सदा सकृय भई अगाडि बढीरहने प्रतिबद्धता पोख्नु भयाे ।

यसैगरी, सोसाइटीको तीन उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टंककनाथ पौडेल र कोषाध्यक्षमा शंककरलाल श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तै, सोसाइटीको कार्य समितिको सदस्यमा क्रमशः चेतबहादुर सिंह, सानुकुमार ताम्रकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाइएल लामा, मधुकुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत चयन हुनुभएको छ । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ ।

Categorized in सिनेमा