STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जावलाखेल, हाँडीगाउँ र बूढानीलकण्ठमा शंकास्पद वस्तु फेला, कुकर बम सेनाद्वारा डिस्पोज

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २, शुक्रबार

काठमाडौं - निर्वाचन मिति जजिकिएसँगै काठमाण्डौ उपत्यकाका फरक–फरक ३ स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।

प्रहरीका अनुसार ललितपुरको जावलाखेल, काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा शंकास्पद वस्तु फेला परेका हुन् ।

जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जनाइएको छ ।

ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय नजिकै बम फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तैगरी काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा पनि शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

यही मंसिर ४ गते हुने आम निर्वाचन विथोल्ने उदेश्यकासाथ बम राखिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

Categorized in उपत्यका