STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रेशमविरुद्धको फैसला : नागरिक उन्मुक्ति पार्टीको बन्दसमेतको आन्दोलन घोषणा

Janjati Khabar – Janjati Khabar | २०८० जेठ ४, बिहिबार

 

काठमाडौं - सर्वोच्च अदालतले रेशमलाल चौधरीका सम्बन्धमा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलकै फैसला सदर गरे पश्चात नागरिक उन्मुक्ति पार्टीले अब के गर्छ ? यसबारे सबैको चासो बढेको छ ।

हुनत, रेशमको हिराइको मागसहित नाउपाले आन्दोलनको घोषणा गरिसकेको छ । आन्दोलनसँगै अब उ सत्ता गठबन्धनबाट बाहिरिन्छ वा अन्य विकल्प खोज्छ त ?

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीका सम्बन्धमा तल्ला अदालतहरुकै फैसला सदर गरेपछि अब नाउपाले के गर्छ ?

यसबारे सबैको ध्यान तानिएको छ । त्यसोत, सर्वोच्चको फैसलालाई सम्मान गरेपनि टीकापुर घटना राजनीतिक मुढभेड भएकाले राजनीतिक रुपमै सम्बोधन गर्नुपर्छ भनि नाउपाले आन्दोलनको घोषणा गरिसकेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नाउपाले यही जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ भने त्यसअघि पाँच गतेसम्म विभिन्न स्थानमा कोणसभा र विरोध प्रदर्शन गर्ने जनाएको छ ।

टीकापुर घटनाबारे गरिएको अध्ययन लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत नाउपाको मुख्य माग रहेको छ ।

यसरी सत्तामै रहेको दलले आन्दोलनको घोषणा गरिरहँदा आमजनताको चासो अब नाउपाले सत्ता गठबन्धनसँग कस्तो सम्बन्ध राख्ला भन्नेमा छ ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक मुद्दालाई राजनीतिक रुपमै सम्बोधन गरिने र नाउपाका माग सम्बोधन हुने प्रतिबद्धता सहित गठबन्धनमा समावेश गराएका थिए नाउपालाई । तर, जुन बचन दिएर सरकारमा समावेश गराएका हुन् त्यस अनुसार प्रचण्डले टीकापूर घटनालाई राजनीतिक रुपमा सम्बोधन नगरेको भन्दै अहिले नाउपा आक्रोशित छ ।

त्यसैकारण अब नाउपा सत्ता गठबन्धनबाट बाहिरिन्छ भन्ने आकलन जनमानसमा बढेको छ । यद्दपि, सत्ता गठबन्धनबाट बाहिरिने वा के गर्ने यसबारे नाउपाले औपचारिक धारणा बनाइसकेको छैन । तर, फैसला पश्चात प्रारम्भिक कदम स्वरुप आन्दोलनको घोषणा गरेको नाउपाले टीकापूर घटनालाई राजनीतिक रुपमा नहेरिए यसको सशक्त प्रतिवाद गर्ने बताउँदै आएको छ ।

हजारौं मानिसको अगाडी घटेको घटना, राजनीतिक मुढभेडमा घटित घटना र रेशम स्वयंम वारदात स्थलमा नभएपछि उसलाई फसाईएको मत नाउपाको छ ।

यद्यपि, रेशम स्वयंमले बुधबार नै विज्ञप्ति जारी गरि अदालतको फैसलालाई सम्मान गर्ने बताइसकेको छन् । उनले यस फैसलाबाट आफु नआत्तिएको र आगामी कानूनी उपचारका बाटोहरु रोज्न समेत बताएका छन् ।

Categorized in राजनीति