STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण हुँदै

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ४, सोमबार

काठमाडौँ, वर्षदेखि आरम्भ भएको ‘काठमाडौँ–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण भदौ १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपालको यशस्वी प्रज्ञा–प्रतिष्ठान र भारतको कलिङ साहित्य महोत्सव ९केएलएफ०को संयुक्त आयोजनामा हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटान, बङ्गलादेश र श्रीलङ्कालगायत देशका साहित्यकार जमघट हुने जारी प्रेस विज्ञप्तिमा बताइएको छ ।
दक्षिण एशियाका कला, साहित्य, सङ्गीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा हुने सो महोत्सवमा विभिन्न देशका तीन सयभन्दा बढी लेखकको सहभागिता रहने जनाइएको छ ।
सो महोत्सव दक्षिण एशियाली क्षेत्रको सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको महोत्सव निर्देशक रञ्जना निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराबारे विश्लेषण गर्ने  र विश्वकै सोचको केन्द्रका रूपमा नेपालको यात्रालाई प्रतिविम्बित गर्ने विषयवस्तु समेटेका छौँ ।”
आयोजकका अनुसार महोत्सवमा भारतबाट पद्मश्री हलधर नाग, पद्मश्री सुदर्शन पटनायक, पद्मश्री नीला माधव पाण्डा, पद्मश्री अरुणा मोहन्ती, पद्मश्री अरुणा मोहन्तीजस्ता साहित्यकार सहभागी हुने जनाइएको छ । अभिनेत्री मनिषा कोइराला, तथा लेखिका दिव्या दत्त, दीप्ति नवल, सुरक्षा पन्त, गौरी मल्ललगायत अभिनेत्रीहरू महोत्सवमा सहभागी हुनुहुनेछ ।

Categorized in उपत्यका