STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पशुपतिनाथको भेटी चोर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ९, बुधबार

काठमाडौं- भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका पाँच जना कर्मचारीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको समय पाएको छ। 

कोषका पाँच कर्मचारीमाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धान अघि बढाउन अनुमति दिएको हो। कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाका कर्मचारी भेटी गणना कक्षबाट भेटी चोरी कार्यमा संलग्न भएको देखिएको थियो। 

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी केशवराज थेबेले पशुपतिनाथ मन्दिरबाट भेटी चोरी गर्ने कार्यमा संलग्न देखिएका  पाँच जनामाथि अनुसन्धान सुरु गरेको जानकारी दिए।

कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारमाथि अनुसन्धान अघि बढाइएको हो।

प्रहरीले मन्दिरका अन्य दुई ब्राह्मण तथा पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारीलाई नियन्त्रणमा लिए पनि निर्दोष देखिएपछि रिहा गरेको जनाएको छ।

Categorized in अपराध-दुर्घटना