कीर्तिपुर सिनेप्लेक्समा नेवाः फुड र फिल्म महोत्सव हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ ३०, बुधबार
"नेवाः सभ्यता नेवाः स्वाद, हेरौं हामीले नेवाः फिल्म" भन्ने नारा सहित नेवाः फिल्मको उत्थानका साथै नेवाः खाद्य पदार्थको प्रचारप्रसार गर्ने उद्देश्य लिएर नेपाल कला संस्कृति उत्थान समाज, कीर्तिपुर सिनेप्लेक्स तथा कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा “नेवाः फुड नेवाः फिल्म महोत्सव” हुने भएको छ । आउँदो फागुन ११ गते आइतबार हुने भएको कार्यक्रममा पाँच वटा नेपालभाषाका चलचित्र प्रदर्शन हुने भएको छ ।
सो महोत्सव सम्पन्न गर्न आयोजित एक छलफल कार्यक्रममा फिल्मकर्मीको तर्फबाट “गालय् वन” फिल्मका निर्देशक संयुक्त स्थापित र निर्माता अजय दुवाल, “सेरिब बञ्जा” फिल्मका कलाकार लक्ष्मीकुमार महर्जन र देवेन्द्र महर्जन, “ख्याः वल" फिल्मका निर्देशक जेनिश शाक्य र कलाकार मनोज महर्जन, "हिसिमति" फिल्मका निर्माता पूर्णकाजी ज्यापु एवं "लिबाय् धुंकाः” फिल्मका निर्देशक राजेशमान सिंह र कलाकार आराध्यालक्ष्मी खड्गीको उपस्थिति रहेको थियो ।
Categorized in सिनेमा

