अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आषाढ २३, सोमबार
काठमाडौं। दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र एक कार्यक्रम बीच संयुक्त राष्ट्र संघलाई हस्तान्तरण गरिएको छ।
सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामा र नेवाः पत्रकार राष्ट्रिय दबु का अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले उक्त घोषणा पत्र हस्तान्तरण गरेका थिए भने सो कार्येक्रममा दबुका सचिव राजु नापित र सदस्य सिर्जना नेवाको पनि उपस्थिति रहेको थियो । सो पत्र संयुक्त राष्ट्र संघ नेपालका प्रतिनिधि सिम्रिका शर्मालाई घोषणापत्र हस्तान्तरण गरेका हुन्।
"नेपालमा मातृभाषा पत्रकारिताको सम्बन्धमा एनएफएनजे र एसजेएफसँग काम गर्न र सहकार्य गर्न संयुक्त राष्ट्र संघ सकारात्मक छ," शर्माले भनिन्। उनले मातृभाषा संरक्षणका लागि एनएफएनजे र एसजेएफले गरेको पहलको पनि प्रशंसा गरे।
सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले सम्मेलनको उद्देश्य स्पष्ट पार्दै मातृभाषा पत्रकारिताको पहलमा संयुक्त राष्ट्र संघलाई सहयोग गर्न आग्रह गरे।
दबुका अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले १३ र १४ जुन २०२५ मा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्रलाई समर्थन गर्न संयुक्त राष्ट्र संघलाई आग्रह गरे।
Categorized in राष्ट्रिय

