चितवन मेडिकल कलेजले मृगौला प्रत्यारोपण गर्ने
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार
चितवन मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । अङ्ग प्रत्यारोपण समन्वय समितिको बैठकले कलेजलाई प्रत्यारोपणको अनुमति दिएको हो । मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले आउँदो एक महीना भित्रमा प्रत्यारोपण थालिने बताउनुभयो । सो अस्पतालमा हाल एकसय बिरामीले मिर्गौलाको डायलासिस गराउँदै आएका छन् । उहाँका अनुसार प्रत्यारोपणका लागि विज्ञ चिकित्सक समूह तयार छ भने आबश्यक उपकरण जडान भइसकेको छ । प्रबन्ध निर्देशक न्यौपानेले त्यहाँ डायलासिस गर्दै गरेका सबैजसो बिरामीको मिर्गौला प्रत्यारोपण गर्न सकेमा खर्च घट्ने र आयु बढाउन सकिने बताउनुभयो ।
अस्पतालमा हाल दैनिक दुई हजार बिरामीले बहिरङ्ग सेवा गराइरहेकामा भर्ना भएर करीब ५०० जनाले उपचार गराइरहेका छन् । अस्पतालको सघन उपचार कक्षमा १० शै्या छ । मेडिकल कलेजमा हाल २६ वटा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ ।
Categorized in राष्ट्रिय


