STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कारबाहीमा चार आतङ्ककारी मारिएका

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार

अफगानिस्तानको कुन्दुज प्रान्तको चाद्रारा जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध सोमबार भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन् । 
स्थानीय समयानुससार सोमबार विहान सबेरै ३ बजे सो कारबाही शुरु भएका थियो । सो इलाकामा पुनः कब्जा गर्ने क्रममा आतङ्ककारीहरुले केही गाउँहरुको समेत हत्या गरेका बताइएको छ । प्रान्तीय प्रहरी प्रवत्ता इनामसदिन रहमानी सोमबार सो जानकारी दिनु भएको छ । 
यस कारबाहीको क्रममा तालिबान लडाकूसँग रहेको हातहतियार बमहरु समेत बरामद गरिएको छ । यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ ।
कुन्दुज प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेका छैनन् । 
Categorized in अन्तर्राष्ट्रिय