STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इन्डोनेसियामा ७।३ म्याग्नीच्यूडको भूकम्प

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २९, आइतबार

इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७।३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन । स्थानीय समय अनुसार अपराह्न ६।२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी रहेको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको पनि अमेरिकी भूगर्भ केन्द्रले जनाएको ।
Categorized in अन्तर्राष्ट्रिय