STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उत्साद गोविन्दमान किपू फाउण्डेशनको कार्यक्रम

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २४, शुक्रबार

प्रत्येक वर्ष यो वर्ष पनि पाँचौं संस्करणको रुपमा उस्ताद गोविन्द्र किपू फाउण्डेशनको आयोजनामा भब्य सांस्कृतिक कार्यक्रम लगायत जेष्ठ नागरिक सम्मान कार्यक्रम हुने भएको छ । कीर्तिपुरको ३ वडामा रहेको कुतिसा टोलमा यही आउँदो भाद्र ६ गते शुक्रबार कृष्ण अष्टमिको दिन सो कार्यक्रम हुने आयोजकले जनाएको छ । सुप्रसिद्ध उस्ताद गोविन्द किपूको सम्झनामा कीर्तिपुरमा संगीत उत्थान गर्ने उद्देश्यले सो कार्यक्रम गर्ने उदेश्यले सो फाउण्डेशको स्थापना गरेको हो । वहाँ ३ वडा कुतिसा टोलको बासिन्दा हुनुहुन्थ्यो भने वहाँको छोरा तबला बादक दिलीप किपूको सक्रियतामा सो फाउण्डेशन स्थापना गरिएको हो । आउँदो भाद्र ६ गते कृष्ण अष्टमिका दिन हुने सो कार्यक्रममा जेष्ठ नागरिक सम्मान समेत हुने उस्ताद गोविन्द किपू हरिशरण सायमि, तबला बादक न्हुच्छे दर्शन, गायक राजु महर्जन जः, संगीतकःमि ज्ञानेश्वर निभाः राजेश महर्जन नेवाःलाई सम्मान गर्ने कार्यक्रम रहेको थाहा भएको छ ।
Categorized in सिनेमा