STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ुप्रेम संसारुको पहिलो गीत सार्बजनिक

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २७, शुक्रबार

सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्र प्रेम संसार को एउटा गीत आज बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पहिलो गित सार्बनिक गरिएको हो । मंसिर १३ गरे बाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ुप्रेम संसारुको पहिलो गित सार्बजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा विशिष्ट अतिथि का रुपमा रहेका चलचित्र पत्रकार विजयरत्न तुलाधर ले शुभकामना मन्तव्य राख्दै कुनै पनि क्षेत्रमा नयाँ आउने नै पछि गएर स्थापित हुने भएकोले हामीले नयाँ लाई हौसला दिनु पर्ने र बाटो देखाउनु पर्छ भन्ने राय प्रकट गरे । सार्वजनिक गरिएको ुुसुनैना सुनैनाुु बोलको सार्बजनिक गितमा अर्जुन पोख्रेलको शब्द संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । सार्बजनिक गितमा कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई देख्न सकिन्छ । गितको कोरियोग्राफर राम गौतमले गरेका हुन् । चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतको अभिनय रहेको छ । सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको यस चलचित्रको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार९गहतराज० हुन् भने, उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता,कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंखर महर्जनको एक्सन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।चलचित्र लाई उपत्यका बाहिर एफ।डि कम्पनि र उपत्यका भित्र रिच इन्टरटेन्टमेन्टले वितरण गर्नेछ ।
Categorized in सिनेमा