STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असन, कोथुननी संरक्षणको निम्ति कानूनी सघर्ष थाल्ने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ५, आइतबार

आदिवासी नेवाः सम्पदा बचाउनको लागि काठमाडौंको असनस्थित कोथुननी संरक्षणको निम्ति कानूनी पाईलासंगै सघर्ष गर्ने घोषणा गरेको छ । काठमाडौं महानगरपालिका २७ वडा असनस्थित कोथुननी संरक्षणको लागि असन कोथुननी बचाऊ अभियानद्वारा कानूनी पाईलासंगै संघर्ष गर्ने निर्णय गरेको हो । असन कोथुननी अभियानको शनिबार काठमाडौंको प्रदीप्त पुस्तकालयमा रहेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा गुथि संस्थानले काठमाडौंको असनको सम्पदा क्षेत्रमा रहेको कोथुननी बिजनेस कम्प्लेक्स निर्माणको निम्ति व्यापारीहरुसंग करार गरी सम्पदा विरोधी पाईला चालेको भन्दै कोथुननीमा सदिंयौंदेखि बस्दै आइरहेका स्थानीयबासीहरुलाई नै कोथुननी निर्माण गर्ने जिम्मा दिनुपर्ने माग पनि अभियानले गरेको छ ।
Categorized in उपत्यका