कोरोना संक्रमणबाट काठमाडौंका कांग्रेस नेताको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ९, मंगलबार
काठमाडाैं – नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका वडा नं. २१ का सभापति गोविन्द रञ्जितकाे कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएको छ।
६७ वर्षीय रञ्जितकाे मंगलबार बिहान मृत्यु भएको काठमाडाैं जिल्ला सभापति सबुज बानियाँले जनाएका हुन् । उपचारका क्रममा रञ्जितकाे मृत्यु भएको बताइएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि रञ्जित आइतबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा भर्ना भएका थिए ।
उनको अवस्था गम्भीर रहेकाले उनलाई भेन्टिलेटरमा राखिएकाे थियाे ।
गत निर्वाचनमा रञ्जित काठमाडाैं महानगरपालिका २१ बाट वडाध्यक्षको उम्मेदवार थिए ।
उनका जहानसहित दुई छाेरी र दुई छाेरा छन् ।
Categorized in उपत्यका