चन्द्रागिरी नपाको सहयोगमा संचालन रञ्जना लिपि तालिम समय थप
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २७, शुक्रबार
काठमाडौंर चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समयावधी थप गरिएको छ ।
नगर पालिकाको वडां। ५ किसिपिडिमा रहेको सनसाइन स्कुलको प्रांगणमा गत मंसिर ५ गते बिहीवारदेखि सुरु भएको थियो ।
समाजका कोषाध्यक्षद्धय महेश्वर श्रेष्ठले भन्नुभयो, तालिममा सहभागीहरुले एक दमै उत्सुक्ता साथ ध्यान दिइ अध्ययन गरिरहेको जनाउनु भयो ।
श्रेष्ठले तालिममा समयको अपुग भएको जनाउँदै करिब १० दिन थप गर्नु परेको धारणा राखे ।
उक्त तालिममा करिव १६÷१७ जनाका हाराहारीमा सहभागीता भएको जनाउनुभयो ।
Categorized in राष्ट्रिय