जन नृत्यगुरु हरिकृष्ण दर्शनधारीको सातौं स्मृति सभाहुने
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २८, मंगलबार
जन नृत्यगुरु हरिकृष्ण दर्शनधारीको सातौं वार्षिक स्मृतिदिवस इन्द्रेणी सांस्कृतिक समाजइसास कीर्तिपुरको आयोजनामाविभिन्न सांस्कृतिककार्यक्रम गरी मनाइने भएको छ । आउँदो श्रावण ३२ गते शनिबार दिनको ३ बजे १ वडा बाघभैरवको प्रज्ञा दबुलीमा सो कार्यक्रमहुने जानकारी इसास कीर्तिपुरका संगीतकर्मि गुज्ये मालाकाले दिनुभयो ।
इन्द्रेणी साँझनाम राखीगरिने सो सांस्कृतिककार्यक्रमको क्रममा नेपाल संगीततथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिलगायतकलाकार नारायणभक्त श्रेष्ठ रायन प्रमुखअतिथिको रुपमाआउनु हुने जानकारी पनिआयोजकइसास कीर्तिपुरले दिएको छ । सो कार्यक्रममा ‘स्मृतिको आवाज’नामक अडियो सिडी पनि सार्वजनिकहुने कार्यक्रम राखिएको छ भने सो कार्यक्रममा सहभागीताको लागि सबैलाई अनुरोध गरेको छ ।
Categorized in राष्ट्रिय