दर्शकहरुको प्रेमकथा अब सिरियलमा
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ कार्तिक २२, सोमबार
आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित हुने टेलिसिरियल अब छिट्टै निर्माण हुने भएको छ । चर्चित युवा निर्देशक समिर जोशीको निर्देशनमा सत्यकथामा आधारित हुने सो टेलिशृंखला मेरो एउटा प्रेमकथा निर्माणको तयारी भइरहेको छ भने समिर जोशी हाल प्रशारणमा रहेको T series stage work talent hunt, टेलिशृंखला- खै कुरा बुझेको ? तथा चम्सुरीसँग चिया गफ लगायतका निर्देशक हुन् । उनकै निर्देशनमा अब सत्यकथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेमकथा निर्माण हुने भएको हो ।
उक्त कथा (टेलिशृंखला) भने आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित हुने निर्देशन जोशीले बताए । साथै टेलिशृंखलामा विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिने कुरा पनि उनले बताए ।
digi pay को प्रस्तुती, sanu movies र binav creations द्वारा निर्माण हुने उक्त टेलिशृंखलाको छायांकन बिनोद श्रेष्ठले गर्नेछन् भने सुनिल श्रेष्ठले सम्पादन गर्नेछन् ।
टेलिशृंखलाको शिर्ष गीत ज्योती खतिवडाको रहने छ भने सुमन कपालीले संगीत सृजना गर्नेछन् ।
नयाँ तथा पुराना कलाकारको जमघट हुने उक्त टेलिशृंखलाको प्रत्येक शृंखलामा नयाँ कलाकारको पनि अभिनय रहनेछ ।
सो टेलिशृंखला राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ भने सो सिरियलकाे लागि कथा पठाउन चाहेमा आम दर्शकले प्रेमकथा binavcreations@gmail.com मा पठाउन निर्माण संस्थाले आह्वान गरेको छ ।
आफ्नो जीवनमा भोगेको प्रेमकथा binavcreations@gmail.com मा पठाउनुभयो भने सो कथामा टेलिश्रृंखला निर्माण गरी प्रसारण गरिनेछ भने कथा उत्कृष्ट अर्थात प्रशारणयोग्य भएमा उचित पारिश्रमिक समेत प्रदान गरिने निर्देशन जोशीले बताए ।
Categorized in साहित्य-कला

