STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाललाई भेटेपछि प्रचण्ड र देउवाबीच छलफल

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २६, शनिबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा भएको भेटवार्ता करिब एक घण्टा चलेको थियो ।

पाँच दलीय गठबन्धबीच धेरै दिनदेखि वार्ता हुन नसकेको अवस्थामा प्रचण्डले देउवालाई भेटेका हुन् । भेटमा समसामयिक राजनीतिक घटना क्रमका बारेमा छलफल भएको थियो ।

यसअघि प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेका थिए । कोटेश्वर पुगेर नेपाललाई भेटेका उनले गठबन्धनलाई नछोड्न आग्रह गरेका थिए ।

Categorized in राजनीति