नेवार समुदायको आस्थामाथि आघात पुर्याएका अपूर्व क्षितिज सिंह पक्राउ
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १२, आइतबार
काठमाडौं - नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्याएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
नेवाः अभियन्ता सुमन सायमीसहितका केही अभियन्ताले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहलाई आइतबार बिहान पक्राउ गरिएको पुष्टि गरे । सिंहले केही दिनअघि युट्युबमा पोस्ट गरेको कमेडी क्याफे नामक स्ट्यान्ड अप कमेडी विवादमा तानिएको थियो ।
यद्यपि, उक्त भिडियोलाई अहिले युट्युबबाट हटाइएको छ भने उनले माफी पनि मागिसकेका छन् । एसपी मैनालीले सिंहलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।
Categorized in अपराध-दुर्घटना

