STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रश्मोर बरो काउन्सिल र गोरखाबीच भगिनी सम्बन्ध

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २०, सोमबार

गोरखा नगरपालिका र बेलायतको रश्मोर बरो काउन्सिलबीच भगिनी सम्बन्ध कायम भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा रश्मोर बरोका तर्फबाट मेयर सेलस्वई कार्टर र गोरखाका तर्फबाट नगर प्रमुख राजनराज पन्तले हस्ताक्षर गर्नुभयो । नेपालको कूटनीतिक सम्बन्धमा सबैभन्दा पुरानो मित्र एवं बेलायतको सेनामा आफ्नो छुट्टै पहिचान बनाएको ब्रिगेड अफ गुर्खाजÞमा कार्यरत नेपालीको योगदानलाई बेलायत सरकारले सम्मान गर्दै आइरहेको छ । भगिनी सम्बन्ध सम्बन्ध सम्झौतापत्रमा हस्ताक्षर भएका अवसरमा आयोजित कार्यक्रममा गोरखा नगर प्रमुख पन्तले गोरखा नगरपालिका नेपालका अन्य नगरपालिकाभन्दा फरक रहेको बताउँदै पृथ्वीनारायण शाहले एकीकरण थालनी गरेको जिल्ला गोरखाको ऐतिहासिक महत्व रहेको र उनैको योगदानलाई कदर गर्दै त्यहाँ पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नगरपालिकाले गोरखालाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न ‘भिजिट गोरखा, एक्सप्लोर गोरखा’ भन्ने नारा तयार पारेको बताउनुभयो । कार्यक्रममा रश्मोर बरोका नेता डेभिड क्लिफर्डले नेपालका अन्य नगरपालिका हुँदाहुँदै गोरखासँँ भगिनी सम्बन्ध स्थापना गर्नाका कारणमध्ये बेलायती सेनामा कार्यरत नेपाली सेनालाई गोरखा सेनाका रुपमा बुझिने र त्यो नाम नेपालको गोरखा नगरपालिकासँगँ मिल्न गएको बताउनुभयो । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीले भ्रमण वर्ष २०२० सफल पार्न दूतावासले अन्य शहरसँग पनि नेपालका नगरपालिकाको भगिनी सम्बन्ध स्थापना गर्दै लगिने जानकारी दिनुभयो । सो अवसरमा बेलायती सेनामा कार्यरत केही सैनिक, स्थानीय दमकल सेवामा कार्यरत कर्मचारी एवं उक्त बरोमा गठित विभिन्न क्लबका पदाधिकारीको समेत उपस्थिति थियो । शुक्रबार आयोजित कार्यक्रममा नेपाली वेशभूषा झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।
Categorized in राष्ट्रिय