STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८० सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख १७, आइतबार

नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको शुभ अवसरमा नेपालको चलचित्र र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरु लाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’ प्रदान गरेको छ । शुक्रबार उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा जमल स्थित नाचघरमा विभिन्न सर्जकलाई सम्मान गर्दै सम्पन्न भएको हो । कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि कामगदै आउनु भएका विशिष्ट कलाकर्मीहरुलाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’बाट विभूषित गरिएको थियो । 

आयोजकका अनुसार हाल कायममुकायम राष्ट्रपतिका रुपमा रहनु भएका सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख अतिथिमा सम्पन्न गर्ने भनिएको सो समारोहमा उहाँ उपस्थित हुन नसकेपछि खनाललाई प्रमुख अतिथी बनाइएको हो ।

पुर्वप्रधानमन्त्री खनालबाट प्रदान गरिएको सो सम्मानबाट सम्मानित हुने व्यक्तित्वहरुमा डा भोला रिजाल, अभिनेत्री बसुन्धरा भुषाल,  चलचित्र निर्देशक दयाराम दाहाल,   नृत्य निर्देशक दिनेश पाख्रिन,निर्माता राजकुमार राई, अभिनेत्री सुमिना श्रेष्ठ, गायक धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ,नायक पल शाह,संगीतकार विकाश चौधरी, अमृत भारती, अमर ओली, दिनेश केसी, चलचित्र व्यवसायी गोपालकाजी कायस्थ,निर्माता एवं अभिनेता  रोहित रुम्बा, ओम सुनार,अच्युत बजगाई, सन्चारकर्मि शान्तीप्रिय,सन्चारकर्मि गीता अधिकारी, तारादेवि लिम्बु, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दिपेन्द्र खड्का सुनिता भट्टराई लगायत रहेका थिए ।

संघका सचिव लिलाधर लिगेश भट्टराईले विभिन्न क्षेत्रमा योगदान पुर्याएबापत उनीहरुलाई सम्मान गरिएको बताएका छन् । नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक बहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको सो समारोहमा चलचित्रसंग सम्बन्धित बिभिन्न संघ, संस्थाहरुलाई प्रमाणपत्र बितरण गर्नुका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो ।

यस अघि गलत तस्बिर पर्न गएकोमा क्षमा प्रार्थी छौं - सं.

Categorized in सिनेमा